Comments Add Comment

एनसीसी बैंकको नाफा २७ प्रतिशत बढ्यो, सञ्चालन नाफा मात्रै १ करोड २५ लाख


२८ कात्तिक, काठमाडौं । चालु आव २०७४/७५ को पहिलो त्रैमाशमा नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको नाफा २७ प्रतिशतले बढेको छ ।  बैंकको नाफा १६ करोड पुगेको छ । गत आवको बैंकले पहिलो त्रैमाशमा १२ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको सञ्चालन नाफा भने लगभग ९२ प्रतिशतले घटेको छ । यो रकम १ करोड २५ लाख रहेको छ । २३ करोड रुपैयाँ राइट ब्याक गरेपछि बैंक नाफा बढाउन सफल भएको हो ।

बैंकको खुद व्याज आम्दानी पनि १२ प्रतिशतले घटेको छ । यो रकम २१ करोडमा सिमित रहेको छ । त्यस्तै, फि कमिसन, अन्य आम्दानी शीर्षकबाट करिब १० करोड रुपैयाँ आर्जन गरेको छ । यो रकम ३२ प्रतिशतले बढेको छ ।

बैंकले सम्भावित नोक्सान वापतको व्यवस्थामा ३३ करोड रुपैयाँ राखेको छ भने ३१ करोड फिर्ता ल्याएको छ । बैंकको खराब कर्जाको अनुपात ४.६९ प्रतिशत रहको छ । करिब ९३ प्रतिशत प्रोभिजनिङ गरेको उल्लेख छ ।

बैंकको निक्षेप शतप्रतिशतले बढेर ६१ अर्ब पुगेको छ । कर्जा करिब ९३ प्रतिशतले वृद्धि भएर ४८ अर्ब पुगेको छ । बैंकको निक्षेपको तुलनामा कर्जाको अनुपात ७९ प्रतिशत देखिन्छ । तर प्राथमिक पूँजी सहितको निक्षेपको आधारमा भने कर्जाको अनुपात ७०.८३ प्रतिशत रहेको बैंकको वित्तीय विवरणमा उल्लेख छ । बैंकसँग थप कर्जा लगानी विस्तार गर्न पर्याप्त रकम रहेको देखिन्छ ।

बैंकको कुल कर्जा लगानीमा ४७ प्रतिशत लगानी रियल इस्टेट, सेयर कर्जा र ओभरड्राफ्ट कर्जा रहेको छ । यी क्षेत्रमा २३ अर्ब रुपैयाँ लगानी भएको छ ।

बैंकको सेयरमा प्रतिफल करिब १३ प्रतिशतबाट घटेर ९ प्रतिशत भएको छ । बैंकको चुक्ता पूँजी २ अर्ब धेरैले बढेपछि सेयरमा प्रतिफल घटेको हो । बैंकको चुक्ता पूँजी ४ अर्ब ६७ करोड पुगेको छ भने सञ्चिती २ अर्ब ७२ करोड रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १४.०७ रुपैयाँ, मूल्य आम्दानी अनुपात २७.२२ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ५८ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment