Comments Add Comment

हिंसाबिरुद्ध रातो साडीमा देखिए नेपालीसँगै अमेरिकन महिला

१४ नोभेम्बर, न्यूयोर्क । रातो राम्रो गुलियो मीठो बैस छँदाखेरि भन्ने गीत संझेर या अर्को वर्षको तीजलाई अहिलेदेखि नै निम्ता दिन पनि यसरी रातो फरियामा पनि भेला भएका हैनन् ।

किशोरीदेखि बृद्धसम्म अमेरिकाको न्यूजर्सी शहरमा लैंगिक हिंसाबिरुद्ध ऐक्यबद्धता जनाउन गत नोभेम्बर ११ तारिख शनिबार अमेरिकाको न्यूजर्सीमा नेपाली महिलाको साथमा अमेरिकन महिलाहरु समेत रातो फरियामा देखिए ।

न्यूजर्सीमा रहेको स्वास्थ्य संस्था ‘केयर पोइन्ट’ अन्तरगत ‘हड्सन स्पीक्स’ले संचालन गरेको ‘बोलो बहन’ अभियानका क्रममा आयोजित ‘रेड सारी इभेन्ट’नामक कार्यक्रममा महिलाहरु रातो फरियामा उपस्थित भएका थिए ।

जर्सीको हड्सन काउन्टी(जिल्ला )मा घरेलु र यौनहिंसाको शिकार भएका दक्षिण एसियाली महिलाहरुलाई निःशुल्क सेवा प्रदान गर्ने उदेश्यले स्पीक सिस्टर अर्थात् ‘बोलो बहन’ अभियान संचालन गरिएको हो ।

बंगाली, हिन्दी, अंग्रेजी तथा नेपाली भाषामा समेत यस पटक देखि सेवा विस्तार गरिएको छ । यसको साथै घरेलु तथा यौनहिंसाका पीडित नेपाली महिलाहरुलाई निःशुल्क सहयोग गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो ।

महिला सामाजिक कार्यकर्ता तथा महिला अधिकारकर्मी बिष्णुमाया परियार(मानार्थ विद्यावारिधि ) नेपाली समुदायको संयोजक भएकोले उनकै पहलमा रातो फरिया कार्यक्रमको आयोजना गरिएको हो ।

डा. परियारले स्वागत मन्तब्य दिनुका साथै कार्यक्रमको उद्देश्यबारे प्रकाश परेकी थिइन् भने यौनहिंसाबिरुद्ध हड्सन स्पीककी कार्यक्रम निर्देशक नास्तासिया फ्लेश्चरले धन्यवाद ज्ञापन गरेकी थिइन् ।

कार्यक्रममा सीबीसी बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकारी थोमस कफलिन, जर्सी सिटीका काउन्सीलवुमन एट लार्ज जोयस वाटरम्यान, वुमन फर कजकी अध्यक्ष उमा पोखरेलले, साहित्यकार गिता खत्री , डा. सामिना मिर्जा तथा कवियत्री शकुन्तला ज्ञवालीले कविता वाचन गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment