Comments Add Comment

अन्तरिक्षमा एक वर्ष बिताउँदा कस्तो हुन्छ ?


आफ्नो घर, अझ धर्ती भन्दा पनि निकै टाढा, सुन्दर दृश्यावलीका साथमा अन्तरीक्ष स्टेशनमा एक वर्ष बिताउँदा कस्तो अनुभव होला ?

हामी धेरैका लागि यो कुनै काल्पनिक सपना मात्र हो । तर स्कट केलीका लागि भने यो झण्डै एक वर्षको दैनिकी बन्यो ।

स्कट केली एक अन्तरीक्षयात्री हुन् जो ३ सय ४० दिन अन्तरीक्षमा बसेर फर्किएका छन् ।

आफ्नो अनुभव बीबीसीसँग बताउने क्रममा उनले आफुले अन्तरीक्ष स्टेशनमा बिताएका हरेक दिन आफ्ना लागि एक अविस्मरणीय क्षण बनेर रहेका खुलासा गरे ।

केलीका अनुसार अन्तरीक्षमा निकै धेरै काम गर्नुपर्दछ । हरेक दिन बिहानै छ बजे उठ्नुपर्छ । अन्तरीक्ष स्टेशनमा मुख्यरुपमा तीन प्रकारका काम हुने उनी बताउँछन् । कुनै परीक्षण गर्ने, स्पेश स्टेशनको बिग्रिएका हार्डवेयरको मर्मत गर्ने र स्पेश स्टेशनले राम्रोसँग काम गरिरहोस् भनेर यसको समग्र सम्भार गर्ने ।

केली भन्छन्, ‘म त्यहाँ कुनै वैज्ञानिक थिइन, विज्ञानको विषय थिएँ । धेरै प्रयोगको सञ्चालक रहेँ । मलाई लाग्छ,  अबको कैयौँ वर्षपछि जब मैले पछाडि फर्किएर आफूले गरेका प्रयोगहरु हेर्नेछु तब शायद मलाई आफूले हामी अगाडि बढ्नका लागि सहयोगी हुने केही काम गरेको रहेछु भनेर अनुभुत हुनेछ ।’

अन्तरीक्षबाट कस्तो देखिन्छ पृथ्वी ?


केलीका अनुसार अन्तरीक्षबाट पृथ्वी निकै शानदार देखिन्छ । धेरै ठाउँमा पृथ्वी निलो देखिन्छ । उनी भन्छन्- हामी भाग्यमानी हौँ कि हामीलाई बस्नका लागि यस्तो घर प्राप्त भएको छ । तर पृथ्वीका केही ठाउँहरु निकै प्रदुषित देखिन्छन् अन्तरीक्षबाटै । कतिपय ठाउँमा वातावरण निकै बिर्गिएको छ ।

केलीका अनुसार अन्तरीक्षबाट पृथ्वी हेर्न पाउने अनुभवले मानिसलाई परिवर्तन गरिदिन्छ । अन्तरीक्षमा रहँदा उनलाई यस्तो अनुभुति भएछ कि आफूले कैयन् कठिनाइको सामना गरेर पनि काम गर्न सक्दो रहेछु ।

केली भन्छन्, ‘माथिबाट धर्तीलाई हेर्नुको एक अद्भुत अनुभव हुन्छ । बाहिरबाट यो धर्ति निकै सुन्दर तथा शान्त देखिन्छ । यसले तपार्इंलार्इ आफ्नो ग्रहको स्थितिको बारेमा सोँच्नका लागि बाध्य बनाउँदछ । पृथ्वीप्रति तपाइँको सहानुभुति बढ्दछ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment