Comments Add Comment

नेपाल हाइड्रोले पायो ८९ रुपैयाँदेखि २६७ को मूल्य रेञ्ज


२८ कात्तिक, काठमाडौं । नेपाल हाइड्रोपावर डेभलोपर्स कम्पनीको मंगलवारबाट सेयर कारोबार गर्न पाइने भएको छ । कम्पनीले पहिलो कारोबारको लागि नेप्सेबाट ८९ रुपैयाँदेखि २६७ रुपैयाँको मूल्य रेञ्ज पाएको छ ।

नेप्सेले पहिलो कारोबारको लागि कम्पनीहरुलाई नेटवर्थको तीन गुणासम्म मूल्य दिने गरेको छ । हाल कम्पनीको प्रतिसेयर नेटवर्थ ८९ रुपैयाँ रहेको देखिन्छ । एक सय रुपैयाँ अंकित मूल्य रहेको कम्पनीका लगानीकर्ताहरुलाई नेटवर्थको आधारमा भने केही नोक्सान देखिएको छ ।

तर, १ सय माथिबाट कम्पनीको सेयर कारोबार भएको भने नाफा नै हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment