Comments Add Comment

जेनी मानन्धर भइन् ‘लिटिल नेवाः’

अन्ततः जेनी मानन्धरले मिस लिटिल नेवाको शीर्ष उपधी पहिरिएकी छिन् । सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा शनिवार सम्पन्न प्रतियोगितामा ३० जना प्रतिस्पर्धिहरुलाई उछिन्दै भक्तपुरकी १३ वर्षिया जेनीले ताज जितेकी हुन् ।

नेप्लीज फेसन होमले आयोजना गरेको ११ औं संस्करणको यो प्रतियोगितामा भक्तपुरकै रोजा प्रजापतिले फस्र्ट रनर्स अप र लगन, काठमाडौंकी शियोन डंगोलले सेकेण्ड रनर्स अप भए । यसमा नेवार समुदायका ९ देखि १३ बर्ष उमेर समूहका बालबालिका सामेल थिए ।

नेपा डान्स एकेडेमीका कलाकारहरुको आकर्षक नृत्य प्रस्तुतीसहितको उक्त प्रतियोगितामा शिजल महर्जनले मिस ट्यालेन्टको उपाधि जित्न सफल भइन् । प्रतियोगिताका अन्य उपाधितर्फ रिधाना श्रेष्ठले सोसल वेलफेयर एम्बेसडर, आइशा श्रेष्ठले बेस्ट ड्रेस, श्रीजिका श्रेष्ठले मिस डिसिप्लिन, सगुन श्रेष्ठले बेस्ट स्किन, स्नेहा ताम्राकार बेस्ट हेयर, पूर्बा प्रधानले मिस चार्मिङ, शिल्पी बज्रँचार्यले बेस्ट स्माइल, रुनिषा पुजारीले मिस क्युट, ओशिन महर्जनले मिस फोटोजेनिक तथा स्मृति खड्गीले मिस फ्रेन्डशीपको उपाधि जित्न सफल भए । प्रतियोगिताको क्रममा प्रतिस्पर्धिहरुले डिजाइनरद्वय प्रज्वल श्रेष्ठ तथा सरिता महर्जनले तयार पारेका पहिरन प्रदर्शन गरेका थिए ।

प्रतियोगितमा पूर्व मिस नेवाःहरु एलिशा बज्रँचार्य, सुदिना श्रेष्ठ, इशु श्रेष्ठ, सौन्दर्यकर्मी सुष्मा महरा, गायक निर्णय श्रेष्ठ, प्रदीपमान प्रधान तथा त्रिलोचन श्रेष्ठ, निणर्ायकको रुपमा रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment