Comments Add Comment

नेपाल र मलेसियाबीचको खेल वर्षाका कारण ढिला गरी सुरु, टस जितेर नेपाल फिल्डिङ गर्दै

२८ कात्तिक, काठमाडौं । एसीसी यू-१९ एशिया कप क्रिकेट अन्तर्गत नेपाल र मलेसियाबीचको खेल वर्षाका कारण ढिला गरी सुरु भएको छ । वर्ष रोकिएपछि खेल सुरु भएको हो ।

नेपाली समय अनुसार बिहान सवा सात बजेदेखि सुरु हुनुपर्ने खेल करीव पाँच घण्टा ढिला गरी केहिबेर अघिदेखि सुरु भएको हो । खेल २४ ओभरको हुनेछ ।

मलेसियाको बायुमास ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।

यसअघि समूहको दोस्रो खेलमा भारतबिरुद्ध ऐतिहासिक १९ रनको जित निकालेको नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावना जिवितै राख्न आजको खेल जित्नैपर्ने अवस्थामा छ ।

समूहको पहिलो खेलमा नेपाल बंगलादेशसँग २ विकेटले पराजित भएको थियो ।

यसैगरी समूह ए कै भारत र बंगलादेशबीचकाे खेल पनि ३२ अोभरमा झारिएको छ । भारत र बंगलादेशबीचको खेल सुरू भएपछि वर्षाले रोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment