Comments Add Comment

यूकेमा ‘ह्याप्पी डेज’को प्रिमियर, प्रियंकाको देखियो क्रेज


निर्देशक मिलन चाम्सले आफू निर्मित तथा निर्देशित चलचित्र ‘ह्याप्पी डेज’को प्रिमियर यूकेमा सम्पन्न गरेका छन् । मिलनले यूकेमा आफू निर्देशित चलचित्रको पहिलो शो गर्दै आएका छन् ।

यूकेको प्रिन्सेस हलमा आयोजना भएको पि्रमियर शोमा ५०० जना नेपालीहरुको उपस्थिती थियो । चलचित्रको रेड कार्पेट प्रिमियरमा नायिका प्रियंका कार्की र निर्देशक मिलन चाम्स पुगेका थिए ।

नायिका कार्कीलाई हेर्नका लागि दर्शकहरु उत्साहित देखिए । नायिका पनि निकै आकर्षक पहिरनमा रेड कार्पेटमा पुगेकी थिइन् । नेपालमा माघ १२ गतेबाट रिलिज हुने चलचित्रमा प्रियंकाको साथमा दयाहाङ राई, संजय गुप्ताको मुख्य भूमिका छ । बेलायतमा नै यो चलचित्रको छायांकन गरिएको हो ।

निर्देशक चाम्सले प्रियंका चढेको कारलाई स्कोटसि ब्याग पाइपरले स्कर्टिङ गरेको बताए । उनले, चलचित्र हेरेर दर्शकले प्रशंसा गरेको भन्दै खुशी व्यक्त गरे ।
यो चलचित्रले जिन्दगीमा जस्तो क्षण आएपनि हाँस्न जान्नु पर्दछ भन्ने सन्देश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment