Comments Add Comment

गुल्मीमा डोजरले पल्टाएको ढुंगाले लागेर एक जनाको मृत्यु

२८ कात्तिक, गुल्मी । गुल्मीमा डोजरले पल्टाएको ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ ।

मंगलवार बिहान रेसुङ्गा नगरपालिका वडा नम्वर ४, अर्खले निवासी ३५ वर्षीय रामबहादुर दर्लामीको भाडागाउँको मोटरबाटो खन्न प्रयोग गरिएको डोजरले पल्टाएको ढुंगाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी अनुरागकुमार द्विवेदीले जानकारी दिए ।

१ महिनाको अन्तरालमा गुल्मीमा समान प्रकृतिका दुर्घटना भएका छन् । अर्खले नजिकै रैँदी भन्ने स्थानमा पनि केकुलेको मोटरबाटो खनेको ठाउँबाट खसेको ढुंगाले लागेर एक जनाको मृत्यु भएको थियो ।

त्यस्तै मुसिकोट नगरपालिका वडा नम्बर ५ मा बाटो खन्ने क्रममा डोजरले पल्टाएको ढुंगाले लागेर एक जनाको मृत्यु भएको थियो । उता जैसीथोक हाडहाडेमा पनि ढुंगाले लागेर एक वृद्ध सख्त घाइते भएका थिए ।

गुल्मीमा डोजरले पल्टाएको ढुंगाले जनताको ज्यान जाने क्रम बढेपछि प्रहरीले बिशेष निगरानी सुरु गरेको छ । ‘ठाउँठाउँमा दुर्घटना बढ्न थाल्यो एसपी द्विवेदीले भने ‘घटना भएका स्थानको अबस्थाबारे अनुसन्धान गर्दैछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment