Comments Add Comment

२ सय करोड क्लबमा ‘गोलमाल एगेन’


यो बर्ष २ सय करोड क्लबमा प्रवेश गर्ने पहिलो बलिउड चलचित्र बनेको छ, ‘गोलमाल एगेन’ । यो चलचित्रले भारतीय बक्स अफिसमा चौथो हप्ताको आइतबार १.६९ करोडको कमाई गर्दै २ सय करोडको आँकडा पार गरेको हो ।

योसँगै बलिउडमा २ सय करोड क्लबमा प्रवेश गर्ने खान बाहेकका नायकमा अजय देवगणले आफ्नो नाम लेखाएका छन् । अहिलेसम्म, २ सय करोड क्लबमा नायक आमिर खान, सलमान खान र साहरुख खानको मात्र नाम थियो ।

यस्तै, यो चलचित्र रोहित सेट्टी निर्देशित २ सय करोड कमाउने दोश्रो चलचित्र पनि बनेको छ । नायक साहरुख खान र नायिका दीपिका पादुकोण अभिनित चलचित्र ‘चेन्नई एक्सप्रेस’ले यसअघि २ सय करोड कमाएको थियो, जसलाई रोहितले निर्देशन गरेका थिए ।

चलचित्रले २ सय करोड कमाएपछि अहिले यसको टिम सेलिव्रेशनमा रमाइरहेको छ । तिहारमा रिलिज भएका कारण पनि चलचित्रले त्यसको मौकाको फाइदा लिएको थियो । आमिर खान निर्मित तथा अभिनित चलचित्र ‘सेक्रेट सुपरस्टार’सँग जुधेपनि ‘गोलमाल एगेन’ २ सय करोड कमाउन सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment