Comments Add Comment

चार दिनमै नेप्सेले जोड्यो ५६ अंक


२८ कात्तिक, काठमाडौं । यस साताको पहिलो दिनदेखि दोहोरो अंकले बढिरहेको नेप्से परिसूचकले मंगलवार पनि यसलाई निरन्तरता दिएको छ ।

मंगलवार २५ अंकले बढेपछि नेप्से परिसूचक १५ सय विन्दु उक्लिएको छ । नेप्सेले तीन दिनमा ५६ अंक जोडेको हो । बजार न्युनत्तम तहमा आएको कारण क्रमशः लगानी बढिरहेकोले बजार वृद्धिको दिशामा अगाडी बढेको बजार सरोकारवालाहरुले बताएका छन् ।

सोमवार सेयर ब्रोकर र मर्चेन्ट बैंकरहरुलाई बजार बारे बोल्न धितोपत्र बोर्डलेरोक लगाएसँगै यी संस्थाहरुले बजार बारे सार्वजनिक रुपमा प्रतिक्रिया दिन भने बन्द गरेका छन् ।

यि क्षेत्रका अधिकारीहरुको भनाईले बजार प्रभावित हुने गरेको भन्दै बोर्डले यसमा रोक लगाएको हो । बजारमा पछिल्लो समय सेयरको माग बढ्न थालेपछि भने बजार वृद्धिको बाटोमा गएको देखिएको छ । १८८१ को उच्चत्तम विन्दु भेटेर फर्किएको नेप्से एकाध पटक १२ सय र १४ सय बिन्दुसम्म पुगेपनि त्यहाबाट फर्किदै आएको छ । बजार ती न्युनत्तम विन्दुबाट फर्किए पनि १७ सयको आसपासबाट भने ओरालो लाग्दै आएको छ ।
मंगलवार भने बजारमा ७५ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार रकममा लगभग दोब्बरले वृद्धि भएको हो । यस दिन कारोबारमा आएका सबै समूहको परिसूचकमा भने सुधार भएको छ । यसअघि लघुवित्तलाई पछि पार्दै आएको विकास बैंक समूहको परिसूचक यस दिन भने लघुवित्तभन्दा पछि परेको छ । लघुवित्त समूहका विजया लघुवित्त, महिला सहयात्रा, सिभिल लघुवित्त, लक्ष्मी लघुवित्त लगायतका कम्पनीको मूल्य उच्चले बढेको छ ।
लघुवित्तपछि सबैभन्दा धेरै वृद्धि जलविद्युत समूहको परिसूचकमा भएको छ । यो समूहको परिसूचक भने करिब ३ प्रतिशतले बढ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment