Comments Add Comment

१९ पेशामा साउदीले विदेशी कामदार नलिने, नेपाली पनि प्रभावित

१४ नोभेम्बर, साउदी । साउदी अरबले गैरकानुनी रुपमा बस्दै आएका आप्रवासीहरुलाई दिएको आममाफीको म्याद सकिए लगतै विशेष निगरानी सुरु गर्ने भएको छ । साथै उनले अर्को वर्षदेखि १९ पेशामा आप्रवासी कामदार नलिने भएको छ । यसले नेपालीहरु पनि प्रभावित हुनेछन् ।

आप्रवासन नियम उलंघनकर्ता तर्थात गैरकानुनी रुपमा बसिरहेकाहरुलाई आफ्नो देश र्फकन दिइएको आममाफीको समय १४ नोभेम्बर अर्थात आज सकिँदैछ । भोलिबाट विशेष निगरानी सुरु हुनेछ । गैरकानुनी रुपमा बस्दै आएकाहरुलाई कडा कारबाही गरिने त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

साथै साउदी सरकारले तोकेका विभिन्न १९ पेसामा कार्यरत आप्रवासी कामदारहरुको इकामा २०१८ बाट नविकरण र पेशा (जब क्याटगोरी) परिवर्तन नहुने साउदी गजेटमा प्रकाशित समाचारमा उल्लेख छ ।

अब एकाउण्टेन्ट, सेक्यूरेटी, म्यानेजर, सेल्सम्यान, सेल्स म्यानेजर, अफिस म्यानेजर, फ्रस्ट एकाउण्टेन्ट, सेल्स सुपरभाइजर, फाइनान्स म्यानेजर, हेड अफ एकाउण्ट, लजिस्टिक सुपरभाइजर, सेल्स एसिस्टेन्ट, सुपरभाइजर म्यानेजर, अफिस ब्वाय, रिसेप्सेनिष्ट, वायरहाउस म्यानेजर, फोर्कलिफ्ट अपरेटर, हृयूमन रिसोर्स म्यानेजर र टूरिजम म्यानेजर पद आप्रवासीका लागि प्रतिवन्धित छन् ।

यो पदमा कार्यरतहरुले विकल्प खोज्नु उपयुक्त हुनेछ । साउदीले आप्रबासी कामदारको संख्या घटाउने र २०३० मा शून्यमा झार्ने लक्ष्य लिएको छ । त्यस अनुसार ८५ लाख मध्ये ३ लाख घटिसकेका छन् ।

अब के गर्ने नेपाली कामदारले ?

१. अझै इकामा (साउदीको आप्रवासीय अनुमति कार्ड) नभएका सबैले साउदीको लेबर कोर्टमा (आफूलाई कानूनतः सुरक्षित राख्दै साउदीको कानून मुताविक न्याय खोज्न) र नेपालमा आफूलाई पठाउने म्यानपावर एजेन्सी तथा आआफ्ना एजेण्टसँग तत्काल संवाद गरी अबिलम्ब आफ्नो उद्धार गर्न अनुरोध गर्ने ।

म्यानपावरले आफ्नो जिम्मेवारी पुरा नगरे समस्या उल्लेख गर्दै श्रम स्वीकृति दिएको र कानूनी अधिकार प्राप्त निकाय -बैदेशिक रोजगार बिभाग)मा अबिलम्ब आफैं वा आफ्ना नातेदार मार्फत निवेदन दर्ता गर्नुपर्ने छ । यो प्रकृयामा साउदीको एनआरएनले कानुनी सहयोग गर्ने जनाएको छ ।

२. आफ्नो रोजगारदाता कम्पनीसँग पुनः परेका समस्या समाधान गर्न अनुरोध गर्ने, कुटनैतिक सहयोगका लागि साउदीस्थित नेपाली नियोगहरूमा पनि लिखित निवेदन दिने ।

३० सन २०१८ मा १९ थरीका पेशाकर्मी आप्रप्रवासी कामदारहरूका इकामा नविकरण नहुने र पेशा परिवर्तन गर्न पनि नमिल्ने भएकाले आफ्नो इकामामा ती पेशाहरू लेखिएकाहरूले बेलैमा उचित बिकल्प खोज्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment