Comments Add Comment

नक्कली कागजात बनाएको आरोपमा क्यारेभियन नागरिक पक्राउ

२८ कात्तिक, काठमाडौं । नक्कली नेपाली सरकारी छाप तथा कागजाग बनाउने एक विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ट्रिनिडाड एण्ड टोबागोका डेबिड लुइस सान्ताना छन् ।

विशेष सुराकीको आधारमा नेपाली सरकारी छाप तथा विभिन्न देशका नक्कली भिसाहरु बनाउने कार्यमा संलग्न बंगलादेशी मुलका डेबिडलाई काठमाडौं–२९, मित्रनगरबाट पक्राउ गरिएको हो ।

उनको साथबाट विभिन्न देशका सरकारी कार्यालयका छापसहित विभिन्न देशका भिसाहरु बरामद गरिएको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment