Comments Add Comment

हेफरसँगको साझेदारीमा माछापुच्र्छे बैंकले दाङमा बिना धितो कर्जा दिने


२८, कात्तिक, काठमाडौ । माछापुच्र्छे बैंकले हेफर इन्टरनेसनल नेपालसँगको साझेदारीमा दाङका कृषि तथा महिला उद्यमीलाई बिना धितो कर्जा प्रवाह गर्न भएको छ ।

हाल बैंकले यूकेएडद्वारा सञ्चालित सक्षम एक्सेस टु फाईनान्स परियोजनासँग गरेको सहकार्य अन्तरगतका परियोजनामा नै आधारित भएर यस्तो कर्जा लगानी गर्ने भएको हो । बैंकले बैंकले यूकेएडद्वारा सञ्चालित सक्षम एक्सेस टु फाईनान्स परियोजना अन्तरगत साना किसान, युवा स्वरोजगार, महिला उद्यम जस्ता क्षेत्रहरुमा लगानी गर्दै आएको छ ।

यो सम्झौतापछि बैंकले हेफर इन्टरनेसनल नेपालको सहकार्यमा दाङ लमहीका चारवटा विभिन्न सहकारी संस्थामार्फत कर्जा प्रदान गर्नेछ । विपन्न परिवारलाई स्वरोजगार बनाउने उद्देश्यले संचालन हुने यो कार्यक्रमले कृषक तथा महिलाहरुको जीवनस्तरमा उल्लेख्य सुधार ल्याउने विश्वास बैंकले लिएको छ ।

बैकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु , ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ७ शाखा रहित बैकिङ सेवा समेत गरी जम्मा ७३ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ सुविधा प्रदानगरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment