Comments Add Comment

एनआईसी एशियाको नयाँ शाखा प्युठानको जुम्रीमा

२८ कात्तिक, काठमाडौं । एनआईसी एशिया बैंकले प्युठानको जुम्रीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखाको उदघाटन प्युठान उद्योग बाणिज्य सघंका अध्यक्ष ज्ञ्यामुराम न्यौपानेले गरे ।
शाखा सञ्जाल,एटिएमसंख्या, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया निजी क्षेत्रको अग्रणी बैंकहरु मध्येको एक भएको बैंकको दाबी छ । ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा थप शाखा सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment