Comments Add Comment

‘सन्की व्यक्ति’ ले खुकुरी नचाउँदा मकवानपुरमा तीनको मृत्यु

२८ कात्तिक, काठमाडौं । मकवानपुरको मनहरी–७ मा एक व्यक्तिले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

खुकुरी प्रहार गर्ने व्यक्ति सुमन बराइली रहेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गर्ने बराइलीको मानसिक सन्तुलन ठीक नभएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

नजिकै प्रहरी कार्यालय भएकाले खुकुरी नचाउने व्यक्ति तत्कालै पक्राउ परेकाे र ठूलो क्षति हुन नपाएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले अनलाइनखबरलाई बताए ।

खुकुरी प्रहारबाट मनहरी ७ कै स्थानीयवासी ५५ वर्षीय  सिताराम धिताल, १६ वर्षीय सुदन धिताल र ६५ वर्षीय जीतबहादुर ब्लोनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment