Comments Add Comment

लालबाबु पण्डितको पुस्तक मंगलबारदेखि बजारमा

२८ कात्तिक, काठमाडौं । एमाले नेता लालबाबु पण्डितको आत्मकथा सिंहदरबार बदल्ने संघर्ष नामक पुस्तक मंगलबारदेखि बजारमा उपलब्ध भएको छ ।

पहिलोपटक मन्त्री भएकैबेला आˆना अडान र कामहरुले चर्चित बन्नपुगेका लालबाबु पण्डितलाई अब थप विस्तारमा बुझ्न सकिने पब्लिकेशन नेपालयले जनाएको छ ।

पहिलोपटक मन्त्री हुनासाथ उनी दुइवटा कुराले एकाएक चर्चाका पात्र बने ।

पहिलो थियो ग्रीनकार्ड वा पिआरको आवेदन दिनेले राज्यका जिम्मेवार ओहदा ओगटेर बस्न नपाइने घोषणा । यसले विशेष गरी डिभीलगायत माध्यमबाट विकशित मुलुकको स्थायी बसोबासका निस्सा पनि लिने र नेपाल सरकारका उच्च ओहदामा पनि बसिरहने थुप्रै कर्मचारीलाई प्रभावित पारेको थियो ।

र, अर्को नेपालको संक्रमणकालीन इतिहासका एक उल्लेखनीय पात्र बन्नका निम्ति लालबाबुलाई उनको अर्को कदमले पनि सघाएको थियो । त्यो हो, मुलुक कठीन राजनीतिक मोडबाट गुजि्रएको बेला मधेस र मधेसीलाई हेर्ने तत्कालीन मन्त्री लालबाबु पण्डितका दृष्टिकोण । पूर्वी तराइको एउटा अल्पसंख्यक समूदायबाट राजनीतिको मूलधारमा आएका पण्डितले त्यतिबेला लिएका अडान र ब्यक्तगरेका विचारहरु मधेसकै अर्का घेराले उठाइरहेको आवाजसँग बाझिन पुगेको थियो ।

पुस्तकको मूल्य ३२५ रुपैयाँ राखिएको छ । पुस्तक राजधानी र बाहिर पनि सबैजसो प्रमुख विक्रेताहरु कहाँ उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment