Comments Add Comment

खाँडको दाबीः कांग्रेस सिध्याउन लाग्ने एमाले-माओबादी आफैं सकिने बेला आयो

२८ कात्तिक, बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले वाम गठबन्धनले नेपाललार्इ साम्यबादको प्रयोगशाला बनाउने प्रयास गरिरहेको दाबी गरेका छन् ।

‘देशको बिकास गर्ने कि एकदलीय तानाशाही शासन (कम्युनिज्म) ल्याएर प्रयोगशाला बनाउने ?’ खांणले प्रश्न तेर्स्याए ।

नेपाली कांग्रेस निर्वाचन प्रचार प्रसार समितिले सञ्चालन गरेको ५ नम्बर प्रदेश स्तरिय मिडिया डेस्कको मंगलबार बुटवलमा उद्घाटन गर्दै उनले संसारभर फेल खाएको कम्युनिष्ठ शाशन ल्याएर जनतालाइ दुख दिने प्रयास भैरहेको भन्दै बाम गठबन्धनको चर्काे आलोचना गरेका छन् ।

उनले एमाले माओवादीको साम्यवादी चिन्तन जनताको शक्ति केन्दि्रत गरेर आफूमा निहित बनाउने अभिष्ट पूरा हुन नसक्ने चेतावनी दिए।

एमाले माओवादीको बाम गठबन्धनले मुलुकमा एक दलिय शासन सत्ता ल्याउन खोजेको आरोप लगाउँदै उहाँले नेपाली जनताले कहिल्यैपनि निरंकुसता स्वीकार गर्न नसक्ने जिकिर गरे ।

‘कांग्रेस सिध्याउने प्रपञ्च रचेका राजा आफैं सिद्धिए, कांग्रेसलाई सिध्याउने रणनीतिका साथ वाम गठबन्धन गरेका एमाले माओवादी अब आफैं सिद्धिने बेला आएको छ ।’ उनले भने ।
बृहत शान्तिप्रकृया १२ बुँदे सहमति नेपालमा कम्युनिजम र साम्यबादका लागि नभएको बताउँदै उनले एकपटक त्यो सहमतिपत्र पढ्न माओबादी अध्यक्ष प्रचण्डलाइ आग्रह गरे ।

मुलुकको आर्थिक बिकासलाई अत्याधिक बृद्धि गरेर १० वर्ष भित्र समृद्ध मुलुक बनाउने नेपाली कांग्रेसले घोषणा गरेको उल्लेख गर्दे खांणले १० वर्ष भित्रमा मुलुकको बार्षिक वजेट एक सय खर्ब हुने उल्लेख गरे ।

‘केपी ओली शक्तिबर्द्धक औषधि खाने, बर्बराउने’

नेता खाँडले एमाले अध्यक्ष केपी ओली औषधिको बलमा बर्बराउने भन्दै उनले खोक्रोराष्ट्रबादको नारा अब कसैले नपत्याउने बताए ।

‘सरकारमा बस्दा केहि गर्न नसक्ने,हावा कुरा गरेर जनतालाइ गुम्राहमा राख्नेले बोलेको कर्सैले पत्याउदैनन्’ उनले कटाक्ष गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment