Comments Add Comment

ओपोको नयाँ सेल्फी एक्स्पर्ट ‘एफ-फाइभ’ नेपालमा

सेल्फी एक्स्पर्टबाट लिडर बन्दै नेपाली बजारमा आफ्नो स्थान थप सुदृढ गर्ने लक्ष्य


२९ कात्तिक, काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपो मोबाइल्सले नेपाली बजारमा आफ्नो नयाँ मोडल ओपो एफ फाइभ सार्वजनिक गरेको छ । साथै, आफ्नो पुरानो ब्राण्ड स्लोगनलाई नेपाली बजारमा आफुले प्राप्त गरेको सफलतासंग मेल खाने किसिमले ‘सेल्फी एक्स्पर्ट एण्ड लिडर’मा परिस्कृत गरिएको घोषणा समेत गरेको छ ।

३० वैश्विक बजारमा उपस्थित ओपोका उत्पादन तथा सेवालाई विश्वभरका २० करोड भन्दा बढी यूवा उपभोक्ताहरुले मनपराइ उपयोग गरिरहेका छन् । सार्वजनिक गरिएको ओपो एफफाइभ नेपाली बजारमा ब्राण्डकै पहिलो एफएचडी प्लस फूल स्क्रीन डिस्प्ले मोडल हो ।

यसमा कम्पनीले अत्याधुनिक एआई ब्यूटी (सेल्फीमा रहेका ब्यक्तिका लागि विशेष ब्यक्तिगत आधारमा ब्यूटिफिकेशन उपलब्ध गराउने) प्रविधि उपलब्ध गराएको छ । यो प्रविधिले सेल्फी फोटोग्राफीको गुणस्तरलाई नै नयाँ आयाम प्रदान गर्ने कम्पनीको दावी छ ।

मूल्य रू. ३३ हजार ९ सय ९० निर्धारण गरिएको ओपो एफफाइभ नोवेम्बर १५ देखि नेपाल भरका प्रमुख मोबाइल विक्रेता तथा विक्रि केन्द्र मार्फत उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

एफ-फाइभ सार्वजनिक गर्न आयोजित कार्यक्रम मार्फत नै कम्पनीले यूवा पुस्तालाई छनोटको थप अवसर प्रदान गर्ने सोचका साथ एफफाइभ सिक्स जीबी एडिशन र एफफाइभ योथका बारेमा पनि संक्षिप्त परिचय दिइएको थियो । यी दूई भ्यारियन्ट भने आउने महिनाहरुमा क्रमिक रुपमा सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ ।


सार्वजनिक समारोहमा नेपाल आइडलका उत्कृष्ट तीन प्रतिस्पर्धीहरु बुद्ध लामा, निशान भट्टराई र प्रदाप दासको समेत उपस्थिती रहेको थियो ।

‘हामी नयाँ ओपो एफफाइभमा समाहित गरिएको एआई प्रविधिबाट निकै प्रभावित भएका छौँ । विशेषगरी सेल्फीका लागि यो निकै उपयोगी छ ।’ कार्यक्रममा बोल्दै उनीहरुले भने ‘ यसबाट खिचिएका तस्विरहरु निकै गुणस्तरिय, आकर्षक देखिनुका साथै प्राकृतिक समेत छन् । ओपोले नेपाली यूवाको चाहना र ट्रेण्डलाई नजिकबाट नियाल्दै नयाँ उत्पादन सार्वजनिक गरेको हामीले पायौँ ।’

‘ओपोका लागि उपभोक्ताको खुशी र सन्तुष्टि सँधै प्राथमिकताको विषय हो । प्राविधिकरुपमा नवप्रबर्तनात्मक, उत्कृष्ट तथा गुणस्तरिय उत्पादन पस्कँदै हामी आफ्ना उपभोक्तालाई हर क्षण रमाउँदै आफ्ना अनुभव संगाल्न र साँच्दै एकताको सुत्रमा बाँध्न चाहान्छौँ ‘,ओपो नेपालका लागि प्रमुख कार्यकारी अधिकृत बबी झाओले भने ,’हाम्रो नयाँ भेट एआई ब्यूटी प्रविधि सुसज्जित सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपो एफफाइभले सबैको समग्र माग तथा आवश्यकताको पूर्ति गर्ने हामीले विश्वास लिएका छौँ ।’


ओपोको नयाँ ब्राण्ड स्लोगन ‘सेल्फी एक्पर्ट एण्ड लिडर’ले उपभोक्तालाई उत्कृष्ट सेल्फी अनुभव प्रदान गर्नुका साथै श्रेणीकै अग्रणी हुने ओपोको लक्ष्य प्रतिविम्बित गर्छ ।

सन् २०१२मा पहिलो ब्यूल्ट-इन ब्यूटिफाई सफ्टवेयर देखि सन् २०१३मा २ सय ६ डिगि्र कोणमा घुम्ने क्यामेरा फोन (एनवान) सार्वजनिक गर्नुका साथै ग्रुप सेल्फीका लागि १ सय २० डिग्री वाइड एङ्गल ग्रुप क्यामेरा फञ्सन सहितको एफथ्री सार्वजनिक गरेको ओपो उद्योगकै सेल्फी एक्सपर्ट हुनुका साथै निरन्तर अग्रणीका रुपमा रहँदै आइरहेको छ ।

अब ओपो एफफाइभको साथमा नेपाली बजारमा कम्पनीले आफ्नो अग्रतालाई थप सुदृढ बनाउने कम्पनीको विश्वास छ ।

ओपोको नयाँ स्लोगनले यूवा पुस्ता माझ ब्राण्डको लोकपि्रयताको समेत प्रतिनिधित्व गर्छ । विशेषगरी यूवा पूस्तामा फोन खरिदका लागि ओपो नै पहिलो रोजाइ हुने गरेको छ । अहिले विश्वभरका २० करोड भन्दा बढी यूवा जमातले ओपो फोनको प्रयोग गरिरहेका छन् । ब्राण्डको मार्केटिङ तथा ब्राण्ड एक्टिविटिज यूवा लक्षित तथा यूवा माझ लोकप्रिय प्ल्याटर्फम खेल, फेशन तथा मनोरञ्जन हुने गरेको छ ।

ओपोले नेपालमा आफ्ना कर्मचारीका रुपमा ९९ प्रतिशत भन्दा बढीको संख्यामा नेपालीलाई नै उपयोग गरिरहेको छ । साथै कम्पनीले नेपाली यूवाको मागलाई दृष्टिगत गर्दै तिनकै लागि विशेष रुपमा परिस्कृत उत्पादनहरु उपलब्ध गराउने गरेको छ । कम्पनीले स्थापना काल देखि नै नेपाली यूवा वर्गलाई उत्कृष्ट सेल्फी अनुभव प्रदान गर्ने तिर आफ्नो ध्यान केन्दि्रत गरिरहेको छ ।

ओपोको प्रदर्शनीलाई विश्वसनिय तेस्रो-पक्ष संस्थाहरुले समेत सराहना गरेको छ । जुलाई २०१७मा प्रकाशित बेसिक कञ्जुमर फिडब्याक, निलसेन रिपोर्टले पनि स्मार्टफोन खरिदका लागि प्रमुख कारकका रुपमा राम्रो सेल्फी क्यामेरा रहेको खुलाशा गरेको छ । साथै, सेल्फी क्यामेराको कुरा गर्दा उपभोक्ताको दिमागमा आउने पहिलो ब्राण्डका रुपमा ओपो रहेको जानकारी प्रस्तुत गरिएको छ । (टप आफ माइन्ड एवारनेश-३९ प्रतिशत)

ओपोले एफफाइभका लागि सिद्धार्थ मल्होत्रा र दिपिका पादुकोणद्वारा अभिनित नयाँ टीभीसीपनि सार्वजनिक गरेको छ ।

एआई ब्यूटी प्रविधि

 

वर्षौँको आरएण्डडी पश्चात नेपाली बजारमा सेल्फी फिचरमा आर्टिफिसियल ईन्टेलिजेन्सी सहित सार्वजनिक गरिएको ओपो एफफाइभ नै पहिलो स्मार्टफोन हो । यसले ग्लोबल डाटाबेस अनुसार अनुहारको आकार तथा प्रकारको पहिचान गर्छ । सेल्फीलाई थप प्राकृतिक र वास्तविक बनाउने सोचका साथ आरएण्डडीको प्रक्रिया दौरान ब्यवसायिक फोटोग्रार्फस तथा मेक-अप आर्टिस्टहरु संग परामर्श लिइ यसको विकास गरिएको हो ।

२ सय भन्दा बढी फेशियल रिकग्निसन स्पट्स सहित खिचिएको तस्विरलाई ग्लोबल डाटावेसमा रहेका मानव अनुहारका फेसियल फिचर्स, आकार र संरचनाहरुसँग तुलना गरी विषयको स्किन टोन, प्रकार, लिंग, उमेर लगायतका आधारमा पहिचान गर्छ ।

यसरी अनुहारको पहिचान पश्चात एआई ब्यूटी प्रविधिले आवश्यकता अनुसार छाला, आँखा, ओँठ लगायतमा ब्यूटिफाई प्रविधिले उत्कृष्ट नतिजाका लागि काम गर्न थाल्छ । यो फिचरले ब्यक्तिगत तवरमै ब्यूटिफाइ सुविधा उपलब्ध गराउँछ ।

उदाहरणका लागि पुरुषहरुको तस्विरलाई यसले महिलामा लागु हुने फिचरको प्रयोग गर्दैन । त्यसैगरी, बच्चाहरुमा तिनलाई वयस्क देखाउने खालका फिचरको प्रयोग गर्दैन ।

ओपो एफफाइभमा अल्ट्रा सेन्सिटिभ एफ २.० एपर्चर र १/२.८ सेन्सरसहित २० मेगापिक्सेलको फ्रन्ट क्यामेरा उपलब्ध गरिएको छ । दुबै फिचर्सले क्यामेरालाई अधिक सुचना संकलन गर्न तथा कम प्रकाश भएका स्थानमा समेत न्वाइज न्यूनिकरण गरी उत्कृष्ट तस्विर सम्प्रेषण गर्न सघाउँछ ।


फ्रन्ट क्यामेरा पोट्रेट मोडले तस्विरको पृष्ठभुमीमा बोके ईफेक्टको प्रयोग गरी हरेक सेल्फीमा प्रमुख विषयलाई केन्द्रमा राख्दै उत्कृष्ट तथा आकर्षक तस्विर खिच्न सघाउँछ ।

त्यसैगरी फोनमा रहेको १६ मेगा पिक्सेल क्षमताको रियर क्यामेराले दिन तथा रात दुबै समयमा उत्कृष्ट तस्विर लिन सघाउने कम्पनीको दावी छ ।

यसमा रहेको एफ१.८ एपर्चर सहितको ब्याक क्यामेराले उज्यालोमा उत्कृष्ट प्रदर्शनी गर्नुका साथै अध्यारो अवस्थामा समेत गुणस्तरिय तस्विर लिन सघाउँछ ।

एफएचडीसँगै फुल स्क्रीन स्मार्टफोन

एफफाइभ ओपोको पहिलो ६ इञ्च एफएचडी+ फुल स्क्रीन डिस्प्ले उपकरण हो । यसले स्त्रिmनको आकारमा बृद्धि नगराइकनै प्रयोगकर्तालाई जीवन्त दृष्यानुभुति प्रदान गर्छ ।


फोनमा १८ः९ एस्पेकट रेसियो सहितको उच्च रेजोल्यूशन २१६० ह १०८० डीपीआई स्क्रीन जडान गरिएको छ । साथै, यो मूल्य श्रेणीमा एफएचडी+फूल स्क्रीन डिस्प्ले सहित उपलब्ध गरिएको एफ फाइभ नै पहिलो फोन हो ।

एफफाइभमा ओपोको  स्ट्रिमलाइन्ड डिजाइन फिलोसोफी अपनाइएको छ । यसका कारण फोनको आकार स्लिम हुनुका साथै हत्केलामा आरामदायी अनुभव समेत प्राप्त हुन्छ ।


यो डिजाइन हेर्दा आकर्षक देखिन्छ साथै यसले फोनलाई निकै प्रिमियम लुक्सपनि प्रदान गरेको छ । फोनमा ०.४ एमएम लेजर स्टि्रंगपनि उपलब्ध गरिएको छ । यसले फोनलाई निकै डेलिकेट लाइनियर फिनिश प्रदान गरेको छ ।

फेशियल तथा फिंगरप्रिन्ट अनलक

ओपो एफफाइभमा फोन अनलक गर्ने कार्यमा सहजताका लागि फेसियल अनलक सुविधा उपलब्ध गरिएको छ । फोनमा रहेको अनुहार पहिचान गर्न सक्ने प्रविधिले फोन धनीको पहिचान गरी सहजै फोन अनलक गर्छ ।


प्रयोगकर्ताले फिंगरप्रिन्ट अनलक फंशनको प्रयोग गर्न चाहेमा यो सुविधापनि फोनमा उपलब्ध्ा रहेको छ । तर, फुल फ्रन्ट स्क्रीनका लागि फिंगरपि्रण्ट अनलक फंशन फोनको पछिल्लो भागमा दिइएको छ ।
शक्तिशाली हार्डवेयर सहित परिस्कृत सञ्चालन प्रणाली

४ जीबी र्‍यामसँगै ३२ जीबी रोम सहितको ओपोको कलर ओएस ३.२ सञ्चालन प्रणालीको प्रयोग गरिएको एफफाइभले प्रयोगकर्तालाई सहज प्रयोग अनुभव प्रदान गर्छ ।

फोनमा दूई ओटा नानो कार्ड र एउटा टीएफ कार्ड एकै पटक प्रयोग गर्न सकियोस् भन्ने सोचका साथ टि्रपल स्लोट ट्रेको ब्यवस्था गरिएको छ । फोनमा प्रयोग गरिएको ओक्टाकोर सीपीयू प्रोशेसरले कम उर्जा खपत गर्नुका साथै फोनबाट हुने ताप उत्सर्जनमा समेत न्यूनिकरण ल्याउँछ ।

यसले फोनको कार्य सम्पादन गतिमा समेत बृद्धि (पूरानो कलर ओएस भर्जनका तुलनामा ४० प्रतिशत कार्य प्रदर्शनीमा बृद्धि) गर्छ ।


ओपोले एफफाइभमा कन्टिनुओस अप्टिमाइजिङ प्रविधि सहितको ३ हजार २ सय एमएएच ब्याट्री जडान गरेको छ । यसले उपकरणमा चलिरहेका एप्सको ब्यवस्थापन गरी प्रयोगकर्तालाई निरन्तर १२ घण्टासम्म सहज तरिकाले फोन चलाउने सुविधा उपलब्ध गराउँछ (प्रत्यक्ष परिक्षणमा देखिएको नतिजा) ।

अन्य पृथक फिचर्स

ओपो एफफाइभमा गेमर्सका लागि गेम एक्सिलिरेशन फिचर्सपनि समाहित गरिएको छ । यसले फोनमा गेम खेल्दा स्मूथ सञ्चालन गर्ने कार्यमा सघाउनुका साथै गेम खेलिरहेको अवस्थामा फोन कल लगायत कारणले हुने डिस्टरबेन्स समेत न्यूनिकरण गर्न सघाउँछ । खेल खेलिरहेको अवस्थामा डिस्टरबेन्स नहोस् भन्ने सोचका साथ फोन आएको जानकारी ब्यानरका रुपमा प्रस्तुत हुन्छ ।


फोनमा ब्लूटूथका तुलनामा १ सय गुणा तिब्र गति क्षमता सहितको ओ-सेयर फाइल सेयरिङ प्रविधि उपलब्ध गरिएको छ । यसका सहायताबाट ३ एमबी क्षमताका ८ देखि १० ओटा तस्विरहरु एकै सेकेण्डमा ट्रान्सफर हुन्छन् ।

त्यसैगरी प्रयोगकर्तालाई थप सहजता तथा सुविधा दिने सोचका साथ फोनमा स्प्लीट स्कीन फिचरपनि उपलब्ध गरिएको छ । यसले प्रयोगकर्तालाई च्याट गर्ने, गीत सुन्ने, सामाजिक सञ्जाल सर्फ गर्ने लगायत मल्टि-टास्किङ सहज रुपमा गर्न सघाउँछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment