Comments Add Comment

गोबिन्द बल्लभ पन्त नेफ्सा अवार्डका लागि त्रि.विबाट प्रकृति ढकाल छनाैट

१५ नोभेम्बर, न्यूयोर्क । देशभरका बि. टेक. खाद्य प्रबिधिमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरुलाई प्रत्येक  वर्ष प्रदान गरिने ‘गोबिन्द बल्लभ पन्त नेफ्सा अवार्ड’ सन २०१७ का लागि त्रिभुवन विश्वबिधालयबाट पदमश्री इन्टरनेशनल कलेज काठमाडौंकी प्रकृति ढकाललाई प्रदान  गरिने भएको छ । 
२०१७ को अवार्ड ढकाललार्इ प्रदान गर्न लागिएको गोबिन्द बल्लभ पन्त नेफ्सा स्मृति  ट्रस्टका उपाध्यक्ष तथा वरिष्ठ  खाद्य  वैज्ञानिक हरिहर गुरागाईले बताए । 
ट्रस्टका उपाध्यक्ष हरिहर गुरागाई (क्यानडा ), डा. भवानी चम्लागाई  (फिनल्यान्ड), नवराज दाहाल (नेपाल) र अमुल घिमिरे (नेपाल) रहेको खाद्य वैज्ञानिकहरुको मूल्याकंन टोलीले ट्रस्टको मापदण्ड अनुसार प्राप्त निवेदनहरुबाट ढकाललार्इ छनाैट गरेका हुन् । 
ट्रस्टका  अध्यक्ष हिक्मत थापाका अनुसार गत छ वर्षदेखि प्रदान गर्दै आएको यो पुरस्कारले नेपालका विश्वविद्यालयमा  खाद्य प्रबिधिमा अध्ययनरत विद्यार्थीहरुलाई हौसला मिलिरहेको विश्वाश गरिएको छ ।
यस अघि सन २०१७ को पूर्वाञ्चल विश्वविद्यालयको लागि यो पुरस्कार क्याफोडाट कलेज काठमाडौ कि अनु अर्याललाई प्रदान गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment