Comments Add Comment

कारलाई लात्ताले हानेको आरोपमा घोडालाई जेल सजाय !


दुनियाँ विचित्रको छ । त्यसैले होला यहाँ कारलाई लात्ता हानेको अभियोगमा घोडालाई समेत जेल सजाय हुन्छ ।

यो घटना ब्राजिलको हो । ब्राजिल पुलिसले कारलाई लात्ताले हानेको आरोपमा एउटा घोडालाई २४ घण्टासम्म जेलमा थुनेको छ ।

उत्तरपूर्वी ब्राजिलको नोस्सा सेनहोरामा बस्ने विलियम डोस सान्तोसले आफ्नो फेसेरियो नामक पाल्तु घोडालाई घोडचढी दौडका लागि लग्दै थिए । हिँडिरहेको बेला अकस्मात उक्त घोडाले डिकमा गुडिरहेको एउटा कारलाई लात्ताले हान्यो । घोडाको लात्ता बज्रिँदा कारमा क्षति पुग्यो । आफ्नो कारमा क्षति पुगेको देखेपछि कार चालक महिला रिसले आगो भइन् र तत्कालै पुलिसमा उजुरी गरिन् । साथै उनले आफूलाई क्षतिपूर्ति प्राप्त नभएसम्म घोडालाई नछाड्न पनि माग गरिन् ।

उजुरी अनुसार पुलिसले घोडा पक्रियो । घोडालाई पूरै २४ घण्टासम्म पुलिसले जेलमा थुनेर राख्यो । भोलिपल्ट घोडा मालिक विलियमलाई क्षति पुगेको कार मर्मत गर्ने खर्च बेहोर्न सहमत गराएर मात्र घोडालाई जेलमुक्त गर्यो ।

गाडीलाई लात्ताले हानेर ट्राफिक नियम मिचेको आरोपमा घोडा पक्राउ परेको र जेल सजाय भोगेको सायद यो पहिलोपटक हुनुपर्छ । स्थानीय वरिष्ठ पुलिस अधिकारीले पनि घोडालाई पक्राउ गरी जेलमा हाल्ने नियम नभएको र यस घटनाको बारेमा छानविन गरिने बताएका छन् । घोडा मालिकले चाहिँ पुलिसबाट आफ्नो घोडामाथि यातना दिने काम भएको र खाना पनि नखुवाएर २४ घण्टासम्म राखिएको भन्दै जनावर अधिकारवादी संस्थाहरु गुहारेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment