Comments Add Comment

अलिबाबाका संस्थापक ज्याक माको नालीबेली : यसरी बने एसियाको सबैभन्दा धनी


आफ्ना ४० हजार कर्मचारीको अगाडि विश्वका एकजना चर्चित कम्पनीका मालिक रंगीन कपडामा माइकल ज्याकसनको गीतमा नाच्दछन् ।

नृत्य सकिन्छ । हाकिमले आफ्नो नकाब हटाउँछन् र अगाडि बसिरहेका हजारौँ कर्मचारीलाई फ्लाइङ किस दिँदै मुस्कुराउँछन् । यो कुनै कल्पना होइन, यथार्थ हो ।

४० हजार कर्मचारीको अगाडि नृत्य गर्ने ती मालिक हुन् चीनको मेगा ब्राण्डको रुपमा रहेको इ कमर्श कम्पनी अलिबाबाका संस्थापक तथा मालिक ज्याक मा ।

एसियाका सबैभन्दा धनी व्यक्ति

सन् २०१७–१८ का लागि भारतले जति बजेट रक्षा क्षेत्रमा छुट्टाएको छ त्यसमा दुई हजार करोड भारु थप्दा मात्र ज्याक मा को सम्पत्ति बराबर पुग्दछ । अर्थात् ज्याक मा को सम्पत्ति झण्डै ४० अर्ब डलर रहेको छ । फोब्र्सको गत अगष्टको रिपोर्ट अनुसार ज्याक एसियाका सबैभन्दा धनी व्यापारी हुन् ।

आज सफल ज्याक मा को इ कमर्श कम्पनी अलिवावाको ढोका हजारौँ, लाखौँका लागि खुल्ला छ । तथापि कुनै समय यस्तो थियो जतिबेला ज्याक माका लागि कैयन कम्पनी तथा विश्वविद्यालयहरुले ढोका बन्द गरिदिएका थिए । तब ‘मा’ ले हिम्मतको ‘ज्याक’ लगाएर ती सबै बन्द ढोकाहरु खोलिदिए ।

ज्याकको बाल्यकाल

सन् १९६४ मा चीनको शिंजियाङ्ग प्रान्तको हंग्झोमा मा यूनको जन्म भयो । ज्याक माका आमाबुवा चिनियाँ नृत्य संस्था पिंगटानका कलाकार थिए । यो एकप्रकारको कथापरक परम्परागत नृत्य देखाउने र सिकाउने संस्था थियो ।

बाल्यकालमा ज्याक माको नाम मा यून थियो । उनको नाम परिवर्तन भएर ज्याक मा हुनुको पनि रोचक कहानी छ ।

दुब्लो पातलो गाँठीको उनी बाल्यकालमा पढाइमा खासै अब्बल थिएनन्, न त कडा मिजासको नै थिए । तर जब उनीभित्र अंग्रेजी सिक्ने ठूलो रहर थियो । अंग्रेजी भाषा सिक्नका लागि उनले चीनमा आउने पर्यटकको सहयोग लिए । उनले पर्यटकलाई सहर घुमाउँथे र त्यसको बदलामा आफूलाई अंग्रेजी सिकाइदिन अनुरोध गर्दथे । त्यहीँ क्रममा एकजना पर्यटकले नै उनलाई ज्याक नामले बोलाउन थाले । त्यसपछि उनको नाम ज्याक मा भयो । उनले फरर्र अंग्रेजी बोल्ने हुनका लागि निकै मेहेनत गरे । पर्यटकको संगतले उनको अंग्रेजी राम्रो हुँदै गयो । त्यसपछि उनले अंग्रेजी भाषामै स्नातक गर्ने निधो गरे ।

अनुवाद केन्द्रदेखि इन्टरनेट सम्मको यात्रा

ज्याकको अंग्रेजी भाषा यति राम्रो भयो कि उनले भाषा अनुवाद केन्द्र नै खोले । त्यहाँ अंग्रेजीबाट चिनियाँ र चिनियाँबाट अंग्रेजी भाषामा अनुवाद गर्ने काम गरिन्थ्यो । आफ्नो अब्बल अंग्रेजीकै कारणले उनले हंग्झो दियांझी विश्वविद्यालय अंग्रेजी भाषा तथा अन्तराष्ट्रिय व्यापार विषय पढाउन थाले । तर यो त एक झल्को बसिबियाँलो न थियो, अलिबाबा आउन त बाँकी नै थियो ।

सन् १९९५–९५ मा ज्याक अमेरिका गए । त्यस समयमा चीनमा इन्टरनेटको खासै बोलवाला थिएन ।

आफ्नो पहिलो इन्टरनेट अनुभवका बारेमा बीबीसीसँग कुरा गर्दै ज्याकले भनेका थिए, मेरो साथी स्टुआर्टले मसँग भन्यो कि यो इन्टरनेट हो । यसमा तिमीले जे चाह्यो त्यो कुरा खोज्न सक्दछौ । मलाई अनौठो लाग्यो । त्यसपछि मैले इन्टरनेटमा पहिलोपटक जुन शव्द टाइप गरेँ त्यो बियर शव्द थियो । जब मैले बियर सर्च गरेँ इन्टरनेटमा अमेरिकी, जर्मन आदि बियरबारे जानकारी पाएँ । तर चीनसँग जोडिएका कुनै नतिजा देखिएनन् । त्यो मेरो लागि निकै निरासाको कुरा थियो ।

ज्याकको त्यो हैरानीले आउँदा दिनमा कमाल गर्नेवाला थियो ।

साथीको पैसाले कम्पनी सुरुवात

ज्याकले सन् १९९६ मा चाइना येलो पेजेजको सुरुवात गरे । त्यो बेलासम्म चीनमा सर्वसाधारणको घरसम्म कम्प्युटर पुगेको थिएन । त्यसको तीन वर्षपछि सन् १९९९ मा ज्याक माले आफ्नो अपार्टमेन्टमा आफ्ना १७ जना साथीहरुसँग मिलेर इ कमर्श वेबसाइट अली बाबा सुरु गरे ।

कम्पनी खोल्नका लागि चाहिने ६० हजार डलर रकम उनले दक्षिणी चीनका आफ्ना ८० जना साथीहरुसँग् ऋण खोजेर जुटाएका थिए ।

अलिबाबाले चीन र बाँकी विश्वका निर्यातकर्तालाई विश्वभरका कम्पनीहरुसँग जोड्दछ । अलिबाबाले ताओबाओ डटकम पनि चलाउँछन् । यो चीनको सबैभन्दा ठूलो सपिङ वेबसाइट हो । अलिबाबाले पेमेन्ट वेबसाइटसम्मै आफ्नो पहुँच विस्तार गरेको छ ।

कसरी रह्यो अलिबाबा नाम ?

यसको पनि रोचक कहानी छ । ज्याक मा सनफ्रान्सिस्कोस्थित एक कफी पसलमा बसिरहेका थिए । त्यहाँ एकजना वेट्रेस आउँछिन् । ज्याकले वेट्रेसलाई सोध्छन् – के तिमी अलिबाबालाई चिन्छौ ? जवाफमा ती कर्मचारीले भन्छिन् – खुल जा सिमसिम ।

त्यो सुन्ने बित्तिकै ज्याकले स्वीकृत जनाए । कफी पसलमा भएको यो परीक्षणपश्चात उनले अन्य ३० जना मानिसलाई पनि अलिबाबा चिन्छौ ? भनेर सोधे । जर्मनी, भारत, चीन तथा जापान सबैतिरका मानिसहरु अलिबाबालाई चिन्दा रहेछन् । ज्याक मालाई आफ्नो कम्पनीको नाम प्राप्त भैसकेको थियो । कहानीबाट बाहिर निस्किएर अलीबाबाले एक वेबसाइट कम्पनीको रुप लिइसकेको थियो ।

अलिबाबा नामका बारेमा बताउँदै ज्याक मा भन्छन् : अलीबाबा चोर थिएनन् । उनी दयालु थिए र व्यापार कसरी गर्ने भन्ने जानेका थिए । अलिबाबाले गाउँलेहरुलाई सहयोग गरेका थिए ।

यसैगरी अलिबाबा कम्पनी पनि सबैका लागि खुलेको छ । जहाँ दुनियाँभरका मानिसहरु कारोबार गर्न सक्दछन् ।

ज्याक माका अनुसार उनले अलि मामाको नामबाट पनि कम्पनी दर्ता गरिसकेका छन् । अलिबाबा र अलिमामाका अलावा ज्याक अन्य मोर्चामा पनि डटिरहेका छन् ।

ज्याक माले जब अनलाइन पेमेन्ट साइट अली पे सुरु गरे तब मानिसहरुले भन्थे, तिम्रो यो अहिलेसम्म मूर्खतापूर्ण काम हो ।

यस्ता मानिसहरुलाई ज्याक माको जवाफ हुन्थ्यो- जबसम्म मानिसहरुले यसलाई प्रयोग गरिरहन्छन् मलाई त्यसको परवाह छैन कि यो मूर्खतापूर्ण काम हो वा होइन ।

अहिले ८० करोड मानिसले अली पे प्रयोग गर्ने गरेका छन् ।

एक्ला कुमारहरु, सपिङमा लडाइँ

भ्यालेन्टाइन्स डे मा प्रेमी जोडीहरुको मिलन भएजस्तै चीनमा एकल दिवस अर्थात् सिंगल डे तडक भडकपूर्ण तरिकाले मनाइन्छ । ११ नोभेम्बरमा एकल दिवस पर्दछ । अर्थात् दोहोरो ११ । यसलाई एन्टी भ्यालेन्टाइन पनि भनिन्छ ।

ज्याक मा ले यो तारेखलाई पैसा कमाउनका लागि प्रयोग गरे । ज्याक मा ले सन् २००९ को नोभेम्बर ११ बाट शपिङ डे को प्रचलन सुरु गरे । उक्त सेलमा ग्राहकहरुलाई भारी छुट प्रदान गरिन्छ । चिनियाँहरु शपिङ डेको प्रतीक्षा गर्छन् अलिबाबामा । हरेक वर्ष कम्पनीले यो दिवसमा कमाईको नयाँ रेकर्ड कायम गर्दछ ।

एएफपीका अनुसार, सन् २०१७ मा एकल दिवसका अवसरमा अलिबाबाले पुनः अर्को रेकर्ड कायम गर्दै झण्डै २५ अर्ब डलरको व्यापार गर्यो ।

अलिबाबाको सम्पतिकाे राज

इबे वेबसाइटले कम्पनीहरुको लिस्टिङका लागि शुल्क लिने गर्दछ । जबकि अलिबाबाले कुनै शुल्क लिँदैन । वेबसाइटमा आउने विज्ञापनबाटै कम्पनीले कमाई गर्ने गरेको छ । अलिबाबाले ग्राहकहरुलाई कारोबारीसँग जोड्दछ । यसका लागि थोरै कमिसन मात्र लिन्छ । यो पूरै सिस्टम अनलाइन हुन्छ र यसको लागि कुनै भौतिक पूर्वाधारको आवश्यकता पर्दैन ।

दुनियाभर फैलिने प्रयास

ज्याक माको प्रयास अलिबाबालाई विश्वभर फैलाउने हो । पछिल्ला दिनहरुमा उनी अलिबाबाको विस्तारको सम्भावना खोज्दै विश्वका विभिन्न देशका नेताहरुसँग् भेटघाट गरिरहेका छन् । अमेरिकी राष्ट्रपतिदेखि भारतीय प्रधानमन्त्रीसम्मलाई उनले भेटिसकेका छन् ।

यस्तो छ ज्याक माको जीवन

ज्याकको व्यक्तित्व नियाल्ने हो भने उनी कहिल्यै पनि हार नमान्ने व्यक्तिको रुपमा चिनिन्छन् । वर्ल्ड इकोनोमिक फोरममा ज्याकले आफ्नो जीवनका केही रहस्यहरु खोलेका छन्ः

· उनले हार्वार्ड विश्वविद्यालयमा १० पटक आवेदन गरे अध्ययनका लागि । तर उनको आवेदन सधैं अस्वीकृत भयो ।

· जब केएफसी चीनमा प्रवेश गर्यो तब त्यस कम्पनीमा जागिरका लागि २४ जनाले सुरुमा आवेदन गरे । तीमध्ये २३ जना छनोट भए र छनोट नहुने एकजना उनै ज्याक मा मात्र थिए ।

ज्याकको बिजनेस प्लान

ज्याकको बिजनेस प्लान के हो ? उनका अनुसार कुनै व्यवसाय सुरु गर्दाको सबैभन्दा राम्रो प्लान भनेकै कुनै पनि प्लान नै नहुनु हो । अहिले बसेर सोँच्नका लागि कुनै फुर्सद नै हुँदैन । त्यसैले होला ज्याक मा आफ्नो कम्पनीको वार्षिक उत्सव कार्यक्रममा सेतो कपालमा कहिले पप गायकको भेषमा त कहिले पप स्टारको लुकमा देखा पर्दछन् ।

ज्याकको परिवार

पढ्ने बेलादेखि नै साथै रहेकी केथी झांग ज्याककी पत्नी हुन् । उनीहरुका दुईजना सन्तान छन् ।

व्यवसायसँगै ज्याक मा मार्शल आर्ट पनि सिकिरहेका छन् । उनको आगामी शर्ट फिल्म GOng shou DAo मा उनको मार्शल आर्ट कला देख्न पाइनेछ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment