Comments Add Comment

‘शेरबहादुर’मा ‘कान्छा मट्याङ ट्याङ’ भन्दै नाचिन् मेनुका


चलचित्र ‘शेरबहादुर’ माघ १९ गतेबाट रिलिज हुने भएको छ । काठमाण्डौमा आयोजना भएको पत्रकार सम्मेलनमा चलचित्रको प्रदर्शन मितिसँगै एक गीत पनि सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश ‘कान्छा मट्याङ ट्याङ’ बोलको गीतको भिडियो रिलिज गरिएको हो ।

यो गीतमा चलचित्रका मुख्य कलाकार मेनुका प्रधान, कर्मा र रविन्द्र झालाई फिचरिङ गरिएको छ । यो चलचित्रले एक अवकास प्राप्त आर्मीको कथालाई उठान गरेको छ । चलचित्रको शिर्ष भूमिकामा कलाकार सुनिल थापा देखिएका छन् ।

चलचित्रको नामले राजनीतिक आभाष दिने भएपनि राजनीतिसँग कुनै सम्बन्ध नभएको जानकारी पत्रकार सम्मेलनमा गराइयो । धिराज प्रोडक्शनमा निर्माण भएको यो चलचित्रको ८० प्रतिशत सेट लगाएर छायांकन गरिएको छ ।

सेट लगाउन मात्र २५ लाख भन्दा बढी खर्च भएको निर्माणपक्षले दाबी गरेको छ । आर राजवंशीले निर्देशन गरेको चलचित्रमा गौरीशंकर धुजु र धिराज राजवंशीको लगानी छ । सार्वजनिक भएको गीतमा कोशिश क्षेत्री र मिना निरौलाको स्वर, कोशिशकै शब्द तथा संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment