Comments Add Comment

संजय दत्तसँग चित्रांगदा, कस्तो रहला बलिउड कमब्याक ?


चलचित्र ‘गब्बर इज ब्याक’मा आइटम नृत्य गरेपछि बलिउडकी हट नायिका चित्रांगदा सिंहलाई दर्शकले ठूलो पर्दामा देख्न पाएका छैनन् । केही चलचित्रमा अभिनय गरेपनि यी नायिकाले त्यस्तो धुम मच्चाउन सकिनन् । यसैले पनि उनी बलिउडबाट हराएजस्तै छिन् ।

उनै हट नायिका अबसाहेब, विवी और ग्याङस्टार ३’ नामक चलचित्रमा देखिदैछिन् । यो चलचित्रमा नायक संजय दत्त मुख्य भूमिकामा देखिदैछन् । तिग्मान्सु धुलियाको निर्देशनमा तयार भैरहेको यो चलचित्रको हाल धमाधम राजस्थानमा छायांकन भैरहेको छ ।

यो चलचित्रले ३ सय बर्ष अगाडिको कथा भन्नेछ । नायिका सिंहले आफू राजस्थानकी यूवतीको भूमिकामा चलचित्रमा देखिन लागेको बताइन् । यो चलचित्रका लागि नृत्य समेत सिकेको नायिकाको भनाई छ ।

केही बलिउड चलचित्रमा अभिनय गरेपनि चित्रांगदाको करिअर सुन्दर हुन सकिनन् । अब, उनी बलिउडमा नयाँ इनिङको तयारीमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment