Comments Add Comment

सुरक्षा अधिकारीलाई प्रधानमन्त्रीको निर्देशनः उम्मेदवारलाई सुरक्षा दिनू

२८ कात्तिक, धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले धनगढी पुगेर उम्मेदवारको सुरक्षामा ध्यान दिन सुरक्षा अधिकारीहरूलार्इ निर्देशन दिएका छन् ।

पछिल्ला केही दिनहरुमा प्रदेश र प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरुमाथि सुरक्षा थ्रेट बढेको भन्दै प्रधानमन्त्री देउवाले उम्मेदवारको सुरक्षामा कुनै कसर बाँकी नराख्न निर्देश दिएका हुन् ।

प्रदेश ७ (सुदूरपश्चिम) स्तरीय क्षेत्रीय सुरक्षा गोष्ठीको उद्घाटन लगत्तै बोल्दै प्रधानमन्त्री देउवाले उम्मेदवारले असुरक्षित महसुस गरेको खण्डमा सुरक्षा उपलब्ध गराउन समेत देउवाले निर्देशन दिए ।

यसैबीच चुनाव प्रचारका क्रममा उम्मेदवारमाथि भएको आक्रमण चुनाव विरोधीहरुको कायरता भएको प्रधानमन्त्री देउवाको टिप्पणी छ ।

जम्मा तीन मिनेट सम्बोधन गरेका प्रधानमन्त्री देउवाले चुनावलाई भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment