Comments Add Comment

‘रेडमी नोट ५ ए प्राइम’को बिक्री सुरु


२९ कात्तिक, काठमाडौं । साओमीको एमआई ब्राण्डको ‘रेडमी नोट ५ ए प्राइम’को बिक्री सुरु भएको छ । तिहार लगत्तै भित्रिएको बहुप्रतिक्षित एमआईको रेडमी नोट ५ ए परिमार्जित गरी नयाँ सुविधा र प्रविधि थप गर्दै रेडमी नोट ५ ए प्राइम बजारमा ल्याइएको वितरक वत्सल इम्पेक्सले जनाएको छ ।

सस्तो मूल्यमा गुणस्तरिय सुविधा रहेको रेडमी नोट ५ ए प्राइममा ३ जिबी र्‍याम र ३२ जिबी रोम, ५.५ इन्चको डिस्प्ले, १६ मेगापिक्सलको क्यामेरा र ३०८० एमएएचको ब्याट्री छ ।

२२ हजार ४ सय ९९ रुपैयाँ पर्ने फोनमा उत्कृष्टताका साथै फोरजी सेवा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Corning Gorilla Glass, Octa-core 1.4 GHz Cortex-A53, Qualcomm Snapdragon 435 processor, Adreno 505 GPU, Android Nougat 7.1.2, finger print sensor, LED Selfie-light, fingerprint sensor, Dedicated microSD card slot  लगायतका फिचर्स पनि यसमा छन् ।

यो फोन लबिम मल र पाको न्युरोडमा रहेको एमआई शो-रुम, एमआईको अफिसियल वेबसाइट लगायत देशभरका बिक्रेताहरुबाट किन्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment