Comments Add Comment

मंसिर १५ बाट ‘फिक्का’


चलचित्र ‘फिक्का’ मंसिर १५ गतेबाट रिलिज हुने भएको छ । गाउँमा व्याप्त गरिबीको कथावस्तुलाई यो चलचित्रले उठान गरेको छ । पारिवारिक प्रेमकथालाई उठान गरिएको चलचित्रलाई सुचित्रा श्रेष्ठले निर्माण गरेकी हुन् ।

चलचित्रलाई यूवा निर्देशक जनक खड्काले निर्देशन गरेका हुन् । यो चलचित्र जापानमा समेत प्रदर्शन भैसकेको छ । चलचित्रमा अजय सुनार, दुर्गाराज पाण्डे, शर्मिला नेपाल, राधिका घिमिरे, इश्वरी बराल, मुस्कान काप्री लगायतका कलाकारले अभिनय गरेका छन् ।

रीता खाती सुनारले लेखेको चलचित्रलाई सुनिल मानन्धरले वितरण गर्नेछन् । चलचित्र विश्वका विभिन्न चर्चित देशमा पनि प्रदर्शन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment