Comments Add Comment

१ महिनामा दयाका ३ फिल्म रिलिज हुँदै, बक्स अफिसमा प्रभाव कति पर्ला ?


नायक दयाहाङ राई अभिनित चलचित्र ‘तान्द्रो’ यो साता हलमा लाग्यो । यो चलचित्रले पानी पनि भन्न पाएन । चलचित्र हेर्न मल्टिप्लेक्स हलमा पनि दर्शक आएनन् । अन्य ३ चलचत्रि भन्दा बढी शो यो चलचित्रले पाएको थियो । शनिबारको दिन पनि हलमा दर्शकको उपस्थिती फितलो देखियो ।

चलचित्र अत्याधिक खेल्दा नायक राजेश हमालपछि उचाइमा पुगेर खस्किएका अर्का नायक हुन् दयाहाङ राई । राजेश हमाललाई हेर्न त महोत्सव वा कुनै सार्वजनिक कार्यक्रममा दर्शकको चाप उल्लेख्य नै हुन्छ ।

वैशाख १ गतेबाट हेर्ने हो भने दयाको चलचित्र रिलिजको सूची निकै लामो छ । वैशाख १ गते रिलिज भएको चलचित्र ‘घामपानी’, ‘लाल्टिन’देखि ‘तान्द्रो’सम्म आइपुग्दा दयाले दर्शकको विश्वास गुमाएका छन्, तर फेरि उनले राम्रो चलचित्र खेलेको खण्डमा हलमा दर्शक नआउने भने होइनन् ।

तर, दयाले अफर आएका सबै चलचित्र खेलेको नतिजा चलचित्रको रिलिज सेड्यूलमा देखिन थालेको छ । उनको माघमा मात्र २ वटा चलचित्र रिलिज हुँदैछन् । माघको दोश्रो साता चलचित्र ‘ह्याप्पी डेज’, त्यसको २ सातामै माघ २६ गते चलचित्र ‘कान्छी’ रिलिज हुँदैछ ।

पौषको अन्तिम साता अर्थात पौष २८ गते चलचित्र ‘मिस्टर झोले’ रिलिज हुँदैछ । यसको अर्थ, दयाका १ महिनामा ३ वटा चलचित्र हलमा लाग्नेछन् । एउटै, कलाकार एक महिनामा ३ फरक-फरक चलचित्रमा देखिदा, दर्शकले पत्याउने संभावना कम हुन्छ ।

तर, बग्रेल्ती चलचित्र खेल्दा दया अहिले त्यसको नतिजा भोगिरहेका छन् । अब, दयाले चलचित्रमा अभिनयमा ख्याल गर्न जरुरी छ । दर्शक भडि्कएका छन्, तर उनलाई पत्याउनै छाड्ने अवस्थामा भने होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment