Comments Add Comment

रसबरी कसको ? बंगालको !

सरकारी निकायले दियो यस्तो निर्णय

२९ कात्तिक, कोलकाता । भारतको जोग्राफिकल इन्डिकेसन्स रजिस्ट्री (जीआईआर) नामक सरकारी निकायले रसबरी उडिसाको नभई पश्चिमबंगालको मौलिक परिकार भएको निर्णय दिएको छ ।

भारतमा जोग्राफिकल इन्डिकेसन्स कानुनअनुसार जीआईआरले कुन वस्तु कुन ठाउँको मौलिक पहिचान हो भन्ने निक्र्योल गर्छ । उडिसा र पश्चिमबंगालबीच दुई वर्षदेखि रसबरी आफ्नो राज्यबाट शुरु भएको दाबीसहित विवाद चर्किएको थियो ।

‘भौगोलिक अवस्थिति र सामुदायिक/सामाजिक कारणसमेतलाई मध्यनजर गरेर जीआई कानुनअनुसार यो मुद्दालाई किनारा लगाइएको छ,’ कोलकातास्थित प्याटेन्ट तथा डिजाइन उपनियन्त्रक सञ्जय भट्टाचार्यले भने, ‘अढाइ वर्षयताको विवाद टुंग्याइएको छ ।’

पश्चिमबंगालकी मुख्यमन्त्री ममता बेनर्जीले उक्त निर्णय बंगाली समुदायका लागि शुभ समाचार रहेको उल्लेख गर्दै टि्वट गरेकी छन् । बंगालका खाद्य प्रशाधन मन्त्री अब्दुर रज्जाकले खुशी र राहत दिने निर्णय आएको बताए ।

सन् २०१५ मा उडिसाका विज्ञान तथा प्रविधि मन्त्री प्रदीपकुमार पाणिग्राहीले रसबरीसम्बन्धि विवाद अगाडि ल्याएका थिए ।

उडिसामा खानापछिको मिठाइ हो, रसबरी । जसको इतिहास करिब ६ सय वर्ष पूरानो छ । उडिसाका बासिन्दाको दाबी थियो कि उक्त राज्यको पुरी नामक शहरबाट रसबरीको प्रचलन शुरु भएको हो ।

शुरुवाति दिनमा रसबरीलाई ‘खीर मोहना’का रुपमा चिनिन्थ्यो । विस्तारै त्यसलाई ‘पहला रसगोल्ला’का नामले चिनिन थाल्यो ।

बंगालले भने सन् १८६८ मा नवीनचन्द्र दास नामका प्रख्यात मिठाइ उत्पादकले यसको पहिलो उत्पादन गरेको प्रमाण अगाडि सारेको थियो ।

उडिसास्थित बिजु जनता दलका विधायक महेश्वर मोहन्तीले यो कुनै युद्धभन्दा ठूलो संग्राम रहेको प्रतिक्रिया दिए । ‘भविष्यमा उठाउनुपर्ने कदमबारे हामी छिट्टै निर्णयमा पुग्छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment