Comments Add Comment

राष्ट्र बैंकले लागु गर्यो परिमार्जित व्याजदर कोरिडर, व्याजदर ३ प्रतिशत तल नजाने अपेक्षा


२९ कात्तिक, काठमाडौं । चालु आवको मौद्रिक नीति मार्फत परिमार्जन गरेको व्याजदर कोरिडरलाई बुधवारबाट राष्ट्र बैंैकले लागु गरेको छ ।
परिमार्जित व्याजदर कोरिडरको तल्लो ब्याण्डमा निश्चित व्याज दरको रुपमा २ हप्ता अवधिको निक्षेप उपकरण राखिएको छ । यसको व्याज दर ३ प्रतिशत रहेको छ ।

‘२ हप्ता अवधिको निक्षेपको दर ३ प्रतिशत कायम गरिएकोले बैंकहरुले सर्वसाधारणबाट निक्षेप लिदा पनि त्योभन्दा सस्तो व्याज दिन मिल्दैन्,’ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले भने ।

अब बैंकहरुमा अधिक तरलता (पूँजी) भएमा राष्ट्र बैंकबाट ३ प्रतिशत व्याज दर पाउने गरेर रकम जम्मा गर्न सक्छन् । यसअघि भने यो दर स्वतन्त्र राखिएको थियो । राष्ट्र बैंकले बुधवार नै १५ अर्ब रूपैयाँकाे २ हप्ते  निक्षेप जारी गरेकाे छ ।
त्यस्तै, व्याज दर कोरिडरको माथिल्लो व्याण्डको रुपमा ७ प्रतिशत दरको स्थायी तरलता सुविधा दरलाई लिइएको छ । यी दुई व्याण्डकोबीचमा २ हप्ता अवधिको नीतिगत रिपो दर राखिएको छ भने अन्तर बैंक व्याज दरलाई खुला छाडिएको छ । २ हप्ता अवधिको नीतिगत रिपो दर ५ प्रतिशत तोकिएको छ ।

‘रिपो दर ५ प्रतिशत भएकोले बैंकहरुले एकअर्कासँग लिने व्याजदर नीतिगत रिपो दर (५ प्रतिशत) बराबर नपुगेसम्म राष्ट्र बैंकले बैंकहरुलाई सापटी दिन मिल्दैन्,’ निर्देशक थापाले भने ।

यसले बैंकहरुले एकआपसबाटै पुँजी जुटाउन बाध्य हुने थापा बताउछन् । हाल कतिपय बैंकहरुले पूँजी अभाव भयो भन्दै २ हप्ता अवधिको नीतिगत रिपो जारी गरेर पैसा उपलब्ध गराउन राष्ट्र बैंकलाई दबाब दिइरहेको बुझिएको छ । मौद्रिक नीतिमा भने नीतिगत रिपोदर तोकिएको थिएन ।

बैंकहरुले बोलकबोल मार्फत राष्ट्र बैंकबाट पैसा लिदा तय हुने दर नै मान्य हुने लिइएको थियो । तर हाल राष्ट्र बैंकले यो दर कम्तिमा ५ प्रतिशत हुने गरि तोकेको छ ।

याे पनि पढाैं ः

परिमार्जित कोरिडरपछि पनि निक्षेप र कर्जाको व्याजदर नघट्ने

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment