Comments Add Comment

एउटै मोवाइलमा चारवटा क्यामेराः हुवावेले ल्यायो अविश्वसनीय स्मार्टफोन


२९ कात्तिक, काठमाडौं । लोकप्रिय ब्राण्ड हुवावेले पछिल्लो प्रविधियुक्त फोन सेट नेपाली बजारमा भित्र्याएको छ । यसले भर्खरै नेपाल भित्र्याएको हुवावे नोभा २-आई स्मार्टफोन सेटमा फ्रन्ट तथा ब्याक गरी ड्युअल लेन्सयुक्त ४ वटा क्यामेरा लगायत अन्य बिबिध सुविधा रहेका छन् ।

हुवावेको नेपालस्थित आधिकारिक बिक्रेता कल मोविलिटी प्रालिद्वारा बिक्री बितरणमा ल्याइने हुवावे नोभा २-आई अहिलेसम्म कै अत्याधुनिक र बढी सुविधायुक्त रहेको कम्पनीले जनाएको छ ।

निक्कै आकर्षक देखिने यि सेटहरु सुविधाका दृष्टिले पनि उत्तिकै अगाडि छन् । हुवावे नोभा २-आई स्मार्टफोनमाउच्च गुणस्तरीय प्रबिधियुक्त ५.९ इन्चको फुलभ्यु डिस्प्ले, ८३ प्रतिशत स्क्रीन तथा सफा र उज्ज्याला तस्विर हेर्नका लागी १८ः९ वाइड स्क्रीन लगायतका सुबिधा उपलब्ध छन् ।

हुवाईका प्रवक्ता निर्देशक जोयस ले भनेे ‘हामीले बुझेका छौं आजका ग्राहकहरुको आवश्यकता के हो भनेर , त्यसैले हामीले सृजना गरेका छौं एक यस्तो यन्त्र जसमा अत्याधिक महत्वपूर्ण विशेषताहरु राखिएको छ । हामीले नेपालमा पहिलोपटक चार क्यामेरासहितको स्मार्टफोन ल्याएका छौं, जसको डिजाईनले तपाई विश्वको जहाँ भएपनि तपाईलाई सबैसँग संलग्न हुन सहयोग पुर्‍याउनेछ । हुवाई नोवा २ आई यस्तो आविष्कार हो जसमा अविश्वसनीय प्रदर्शन, स्टाईलिस डिजाईन र चार क्यामेरा सहितको विशेषता रहेका छन् ।’

कल मोविलिटिका डाईरेक्टर पुल्कित भिमसरिया भन्छन् “यो चार क्यामरा रहेको स्मार्टफोन एक क्रान्तिकारी सृजना हो । यसको उत्कृष्ट मूल्यको कारणले गर्दा बजारमा यसले अग्रस्थान हाँसिल गर्नेमा म पूर्ण विश्वस्त छु । ”

उनले अघि भने-‘हुवाईले सधै आफ्ना ग्राहकहरुसँग निरन्तररुपमा सम्बन्ध रहने प्रतिविश्वास राख्दछ, यसको लागि हुवाईको गुणस्तर सधै अग्रस्थानमा रहनेछ । नेपालमा शुरुवातदेखि नै हामीले हुवाईको गुणस्तरमा कहिल्यै सम्झौता गरेनौ । हामीले विक्रिपश्चात आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै आईरहेका छौं, विश्व बजारमा नै हेर्ने हो भने हामी एकदम कम मात्रामा चुकेका छौं । यसका लागि नोभा फोन एक आफैंमा ज्वलन्त उदाहरण हो, यो नेपालमा हुवाईको एक क्रान्तिकारी नयाँ शुरुवात हो ।’

चारवटा क्यामेरा एकै पटकमा

हुवावे नोभा २-आई स्मार्टफोन सेटमा अगाडि र पछाडि गरी डबल लेन्सका ४ वटा क्यामेरा एकैपटक चलाउन सकिन्छ । जसको सहयोगले बिरलै कैद गर्न सकिने दृष्यहरु समेत क्यामेरामा कैद गर्न सम्भव छ ।

यसको अगाडी रहेको १३ एमपी तथा २ एमपी पि्रमियम सेल्फी क्यामेरापोट्रेट फोटोग्राफीका साथै टुनाइट फ्ल्यास स्टुडियो क्वालिटीको फोटो निकाल्नका लागि उपयुक्त छ । प्रकाशन भएको वा कम प्रकाश भएको स्थानमा समेत यसमा उपलब्ध युनिर्फम लाइटिङ रसफ्ट लाइट्स सेल्फी फ्ल्यासको सहायताले उच्च गुणस्तरीय फोटो खिच्न सकिन्छ ।

नोभा २-आईमा रहेको १६ एमपी तथा २ एमपी दुबै लेन्समा पछिल्लो बिशिष्ठ प्रबिधि प्रयोग गरिएको छ, जसले कलात्मक फोटो त खिच्छ नै साथै कम लाइट भएको स्थानमा समेत आकर्षक तस्विर खिच्ने क्षमता राख्छ ।

सेटभित्रको १६ एमपीआरजीबी सेन्सरले स-साना दृश्यलाई पनि पूर्ण तरिकाले कैद गर्न सघाउँछ भने २ एमपीआरजीबी लेन्सले गहिराईमा गएर दृश्यहरु समेट्ने काम गर्छ । यसमा भएको क्यामेरामा पोटे्रट मोड, वाइड अर्पेचर मोड र मोसन मोड रहेका छन् ।

बनोट कस्तो ?

हेर्दा निक्कै आकर्षक देखिने हुवावे नोभा २-आई स्मार्टफोन सेटलाई यसभित्र भएका फिचर्सहरुले झनै बोल्ड बनाएका छन् ।

फुलभ्यु स्क्रीन, फ्रन्ट तथा ब्याक क्यामेरा, फिंगर पि्रन्ट सेन्सर, युएसबी सकेट, सेन्सर फ्ल्यास, उच्च गुणस्तरीय सामाग्री प्रयोग गरिएका बडी पार्टस लगायतका चिजले हुवावे नोभा २-आई स्मार्टफोन सेटलाई लोभ लाग्दो बनाएको छ ।

स्मार्ट परफरमेन्स

हुवावे नोभा २-आई स्मार्टफोन सेटमा भएको ८ कोर किरिन ६५९ चिपसेट, ४ जिबी र्‍याम, ६४ जिबी रोमले यसलाई अत्याधुनिक मात्र होइन उच्च गुणस्तरीय बनाएको छ । यो सेट एन्ड्रोइड-सेभेन बेस्ड इएमयुआईका कारण छरितो र निक्कै स्मार्ट देखिन्छ ।

हुवावे नोभा २-आई मालामो समय सम्म ब्याट्री टिकाउन हुने, फिंगरपि्रन्ट सेन्सरका कारणहरेक पटकको प्रयोगमा केही न केहीनयां सिक्न तथा सुरक्षित र सहज महसुस गर्न सकिने लगायतका सुविधा छन् ।

हुवावे नोभा २-आईले असाधारण आवाज र बिभिन्न गेम तथा भिडियो समेत आफ्नो सेटमा उपलब्ध गराएको छ जसले जीवनमा हरेक पललाई स्मरणिय बनाउन सघाउंछन् ।

यसै साता देखी नेपाली बजारमा उपलब्ध हुन गइरहेको हुवावे नोभा २-आई ग्राफिट ब्ल्याक तथा प्रेस्टिजियस गोल्ड गरी दुई कलरमा देखापर्नेछ । यो फोनको मूल्य ३३ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

विशेषता
साइज- ७५.२ एमएम
हाइट-१५६.२ एमएम
डेप्थ-७.५ एमएम
डिस्प्ले-५.९ इन्च
स्त्रिmनपिपिएल- ४०७
प्रोसेसर-हुवावे किरिन ६५९ ओक्टा-कोर
अपरेशन सिस्टम- एन्ड्रोइड ७.० तथाइएमयुआई ५.१
क्यामेरा- प|mण्ट क्यामेरा १३ एमपीतथा २ एमपीविथसेल्फी टुनाईट फ्ल्यास।
ब्याट्री- ३३४० एमएएच
चार्जिङ टाइम- १५० मिनेट
टकिङ टाइम- २० घण्टासम्म
स्ट्याण्डबाइ टाइम- ५५० घण्टासम्म

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment