Comments Add Comment

सिद्धार्थ इन्स्योरेन्सले पारित गर्यो २० प्रतिशत बोनस र हकप्रद प्रस्ताव


३० कात्तिक, काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको १६ औं बार्षिक साधारण सभाले २० प्रतिशत वोनस सेयर र त्यसपछि कायम हुन आउने चुक्तापूँजीको ३५ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

सभामा संचालक समितिकातर्फबाट अध्यक्ष ताराचन्द्र केडियाले कम्पनीको कारोवार एवं वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरे । कम्पनीले आ.व. २०७३÷७४ मा विभिन्न बीमा व्यवसायअन्तर्गत रु. १ अर्व ५० करोड बीमा शुल्क आर्जन गरेको छ ।

यो त्यसअघिको आवको तुलनामा २८.८८ प्रतिशतले बढि हो । कम्पनीले आ.व. २०७४/२०७५ को कार्तिक महिनासम्ममा ६१ करोड ९८ लाख ९१ हजार बीमा शुल्क आर्जन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment