Comments Add Comment

५१ औ दिनमा ‘छक्का पन्जा २’, दीपकले लेखे-‘गल्ती थियो तर आक्रमण धेरै भयो’


असोज ११ गतेबाट रिलिज भएको चलचित्र ‘छक्का पन्जा २’ले ५१ औं दिनको सफल प्रदर्शन पुरा गरेको छ । गतबर्ष रिलिज भएको चलचित्र ‘छक्का पन्जा’ले १ सय दिन मनाएको थियो । काठमाण्डौको वीग मुभिज, गोपिकृष्ण, अष्टनारायण, गुण लगायतका हलमा यो चलचित्रले ५१ दिन मनाएको हो ।

चलचित्रले ५१ दिन मनाएको अवसरमा आज विशेष कार्यक्रमको पनि आयोजना गरिएको छ । चलचित्रले ५१ दिन मनाएपछि यसका निर्माता तथा कलाकार दीपकराज गिरीले लामो स्टाटस लेख्दै मनको कुरा पोखेका छन् । उनले यसपटक चलचित्र रिलिज गर्न फलामको चिउरा चपाएजस्तै भएको बताएका छन् ।

सुरुवातदेखि नै आफूहरुले विभिन्न शैलीमा आक्रमण झेलेको उनले बताएका छन् । दीपकले लेखेका छन्-‘यसपटक हामीलाई फलामको चिउरा चपाए जस्तो पनि भयो । सुरुदेखि भिन्न भिन्न प्रकारको आक्रामणलाई झेल्दै आयौ । गीत विवाद, वितरकहरुको तानातान, केही प्रदर्शकहरुको अवरोध, आफ्नै क्षेत्रका जुधाईहरु ।’

तर, दर्शकको मायाले आफूहरु थुप्रै किर्तिमान राख्दै सफल हुन सकेको उनको भनाई छ । दीपकले चलचित्र ‘छक्का पन्जा’ भन्दा कमजोर रहेको पनि स्विकार गरेका छन् । उनले लेखेका छन्-‘यसको बिषयवस्तु पछिल्लो फिल्मको जस्तो सबैले वुझ्ने सरल थिएन, यूवा वर्गको विदेश मोहलाई उठाइएकाले पनि सबै बर्गलाई यसले आनन्दित तुल्याउन सकेन । चलचित्र मध्यान्तर अघि पूर्ण मनोरञ्जनात्मक बनेपनि त्यसपछि कथा बाचन शैली कठिन भयो ।’

तर, पनि दर्शक हलमा ओइरिएको भन्दै दीपकले आगामी दिनमा कमजोरीहरु हटाएर अघि बढ्ने प्रण गरेका छन् । दीपाश्री निरौला निर्देशित यो चलचित्रमा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल, शिवहरि पौडेल, किरण केसी लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment