Comments Add Comment

सिँचाइ राज्यमन्त्री पुनलाई लक्षित गरी रोल्पामा बम विष्फोट

३० कात्तिक, काठमाडौं । रोल्पाको सुवर्णवती गाउँपालिका–१, घोडागाउँमा सिंचाई राज्य मन्त्री एवम् कांग्रेस उम्मेदवार अमरसिंह पुनलाई लक्षित गरी बम विष्फोट भएको छ ।

बिहीबार दिउँसो उनलाई लक्षित गरी बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

उनी घरदैलो कार्यक्रमका क्रममा त्यहाँ पुगेका थिए । गाडी सवार उनीमाथि पडाडिबाट बम प्रहार भएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।

सुत्ली बम प्रहार भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनामा कुनै क्षति भने भएको छैन ।

चुनाव विरोधी विप्लव समूहले बम प्रहार गरेका हुन सक्ने आशंका गरिए पनि विप्लव नेतृत्वको नेकपाले भने अस्वीकार गरेको छ ।

पार्टीका राप्ती व्यूरो इन्चार्ज केशबहादुर बाँठाले आफूहरु शान्तिपूर्ण रुपमा विरोध गरिरहेको भन्दै नेकपाको नाममा तेस्रो पक्षले फाइदा उठाएको प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment