Comments Add Comment

‘गुलाब-जामुन’मा एकसाथ ऐश्वर्या र अभिषेक


रियल लाइफ श्रीमान्-श्रीमति अभिषेक बच्चन र ऐश्वर्या राय वच्चन अब एकसाथ चलचित्रको पर्दामा देखिने भएका छन् । उनीहरुले एकसाथ काम गर्न लागेको चलचित्रको नाम ‘गुलाब जामुन’ राखिएको छ ।

यो चलचित्रका लागि अभिषेक र ऐश्वर्याले संझौता भने गरिसकेका छैनन् । तर, उनीहरुलाई चलचित्रको कथा अत्यन्त मन परेको छ । यो चलचित्रलाई सर्भेस मेवराले लेखन तथा निर्देशन गर्दैछन् ।

यो चलचित्रमा विशेष भूमिकामा लागि नायक अमिताभ बच्चनलाई पनि अफर गरिएको छ । यो चलचित्र पूर्ण रुपमा कमेडी कथामा निर्माण हुनेछ । भारतीय मिडिया कथाको बारेमा लेख्छन्-‘यो चलचित्रमा ऐश्वर्य र अभिषेक यूवा भएर जन्मन्छन् ।

तर, उनीहरुको कपाल सेतो नहुँदै उनीहरु बुढो देखिन्छन् ।’ यसपछि, अभिषेक अमिताभ बच्चनको साहारामा पुग्छन्, जुन भूमिकामा लागि उनलाई अफर गरिएको छ । ‘गुलाब-जामुनमा’ यो रियल जोडी ७ बर्षपछि एकसाथ देखिन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment