Comments Add Comment

‘भैरे’ कार्यक्रममा बर्षा र सुरक्षा सफ्ट, जान्वी हट


काठमाण्डौमा आयोजना भएको चलचित्र ‘भैरे’को पत्रकार सम्मेलनमा निर्धारित समयमा नै नायिकाद्धय बर्षा सिवाकोटी र सुरक्षा पन्त पुगे । नायक दयाहाङ राई पनि बोलाइएकै समयमा पुगेका थिए ।

तर, कार्यक्रम भने निर्धारित समय भन्दा करिब डेढ घन्टा ढिलो सुरु भएको थियो । काठमाण्डौमा बढ्दै गएको चिसोले बर्षा र सुरक्षालाई पनि छोएको प्रष्ट थियो । यी दुबै नायिका सफ्ट पहिरनमा पुगेका थिए ।

चलचित्रको मुख्य कलाकारको रुपमा बर्षा  र सुरक्षा देखिदैछन् भन्ने धेरैजसो पत्रकारलाई थाहा थियो । तर, कार्यक्रम सुरु हुनै लाग्दा, माथि अत्याधिक खुलेको पहिरनमा कलाकार जान्वी बोहरा पुगिन् ।

सुरुवातमा त उनी कार्यक्रममा किन पुगिन् भन्ने नै पत्रकारले भेउ पाएनन् । तर, पछि कार्यक्रम संचालकले बोलाएपछि मात्र थाहा भयो कि उनी पनि चलचित्रकी कलाकार रहिछन् ।

जान्वीको पहिरन छोटो थियो । अझ, धेरै खुलेको । सफ्ट पहिरनमा पुगेका २ नायिकाको अगाडि जान्वी निकै हट त देखिएन् । तर, कार्यक्रममा उपस्थित सबैको पहिरन सामान्य हुँदा जान्वीले भने आफूलाई हट रुपमै प्रस्तुत गर्न उत्तम ठानिन् ।

हुनत, जान्वी सार्वजनिक कार्यक्रममा हट बनेर नै पुग्ने गर्छिन् । चलचित्र क्षेत्रमा आएको केही बर्ष भएपनि उनले उल्लेख्य प्रगती भने गरेकी छैनन् । तर, बेलाबखत उनी पहिरनकै कारण चर्चामा आएको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment