Comments Add Comment

साहरुख, सलमान र आमिरमध्ये कसले जोगाउलान् कट्रिनाको करिअर ?


बलिउडमा कमै मात्र त्यस्ता भाग्यमानी नायिका हुन्छन्, जसले ३ चर्चित खानसँग काम गर्न पाउँछन् । साहरुख, सलमान र आमिर खानसँग काम गरेर धेरै नायिकाहरुले आफ्नो करिअर बनाएका छन् । तर, बारम्बार यी तिनै खानसँग काम गर्ने अवसर भने कमै मात्र नायिकाले पाउँछन् ।

तर, नायिका कट्रिना कैफ यस्ती भाग्यमानी नायिका हुन् जसले तिन खानसँग दोहोर्‍याएर काम गरिरहेकी छिन् । कट्रिना अहिले बलिउडका ३ खानसँग काम गरिरहेकी छिन् । उनले नायक सलमान खानसँग काम गरेको चलचित्र ‘टाइगर जिन्दा हे’ डिसेम्बर २२ मै रिलिज हुँदैछ । यो चलचित्रबाट उनी निकै आशावादी छिन् ।
यस्तै, कट्रिना नायक आमिर खानसँग चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’मा पनि काम गरिरहेकी छिन् ।

यो चलचित्र आउँदो बर्षको तिहारमा रिलिज हुनेछ । यशराज ब्यानरको यो चलचित्रमा आमिरको साथमा अमिताभ बच्चनले पनि काम गरिरहेका छन् । यो चलचित्रले पनि बक्स अफिसमा धुम मच्चाउने पक्का छ ।

नायिका कैफ, अर्का खान साहरुखसँग पनि काम गरिरहेकी छिन् । साहरुख खानको महत्वकांक्षी चलचित्रमा कट्रिना एउटा स्टारको रुपमा देखिदैछिन्, जसलाई भेट्न होचा साहरुख मरिहत्ते गर्छन् ।

यसरि, एकसाथ ३ खानसँग काम गरिरहेकी नायिका कैफको करिअर कुन नायकसँग काम गर्दा फाप्ने हो, त्यो त तिनैवटा चलचित्र रिलिज भएपछि थाहा हुनेछ । तर, दोश्रो पटक पनि ३ खानसँग काम गर्न पाउने कट्रिना एक्ली नायिका बनेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment