Comments Add Comment

नारायणकाजीलाई लक्षित गरी गोरखामा बम विष्फोट

३० कात्तिक, गोरखा । माओेवादी केन्द्रका नेता एवम् गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणकाजी श्रेष्ठ लक्षित गरी सुतली बम विष्फोट भएको छ ।

गोरखा नगरपालिका–१० को सिर्दी खोला नजिक गाडीमा हिँड्दै गर्दा बम विष्फोट भएको हो । अहिले प्रहरीको टोली घटनास्थलमा पुगेको जनाइएको छ ।

बिष्फोटबाट श्रेष्ठको चुनावी प्रचारका लागी प्रयोग भएको बा २ च ९४६३ नम्वरको ल्यान्ड कु्रजरमा क्षति पुगेको छ । माओवादी केन्द्रको प्रदेशसभाका समानुपातिक उमेदवार नरबहादुर गुरुङले प्रयोग गर्ने उक्त गाडीको अगाडिको सिसा चर्किएको छ ।

‘चोरकाटेमा कार्यक्रम गरेर र्फकंदै थियौं, अरु गाडी चाहीँ कटिसकेको थियो तर उक्त गाडी भने कट्न नभ्याउदै बिष्फोट भयो,’ माओवादी स्रोतले भन्यो ।

बिष्फोट भएका ठाउँमा सिलाभरका केही टुक्राहरु भेटिएको प्रहरीले जनाएको छ । ‘सिल्भरका टुक्रा हेर्दा एक्सक्लूसिभ राखेर पडकाएको हुन सक्ने अनुमान गरेका छौं,’ डिएसपी भेषराज रिजालले भने । बिष्फोटले मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

बिष्फोट कसले गरायो भन्ने बारे एकिन नभएको र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी रिजालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment