Comments Add Comment

आइफोन ८ र आइफोन ८ प्लस भोलिदेखि नेपाली बजारमा


३० कात्तिक, काठमाडौं । एप्पलको नेपालका लागि आधिकारिक वितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रालिले आइफोन ८ तथा आइफोन ८ प्लस भोलि नेपालमा सार्वजनिक गर्ने भएको छ ।

आइफोन ८ तथा आइफोन ८ प्लस नेपाली बजारमा ६४ जीबी र २५६ जीबी स्टोरेजमा मात्र उपलब्ध हुनेछ भने गोल्ड, सिल्भर र स्पेस ग्रे कलर अप्सनमा आउनेछ ।

सक्कली भ्याट बिल लिन तथा एप्पलका उत्पादनहरुमा १ वर्षको वारेन्टिका लागि ग्राहकलाई आधिकारिक च्यानलहरुबाट मात्र खरिद गर्न कम्पनीले ग्राहकहरुलाई अनुरोध गरेको छ ।

‘हामी ग्राहकहरुलाई सक्कली बिल मात्र लिन हुन हार्दिक अनुरोध गर्दछौं । हाम्रा आधिकारिक डिलरहरुः इभो स्टोर, ओलीज, फ्यूचर वल्र्ड, आइस्टोर (राइजिङ मल) सिजी स्टोर (नक्साल) क्वालिटी कम्प्यूटर (बिर्तामोड), कम्प्यूटर सेल्स सेन्टर (बुटवल), आरपीएल ग्रुप (बिर्तामोड), न्यू एटुजेट मोवाइल हाउस (नारायणगढ) बाट मात्र खरिद गर्नुहोस्’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आईफोन ८ किन्दा जेननेक्स्टको होलोग्राम बक्समा हेर्न पनि आग्रह गरिएको छ । ग्राहकलेे खरिद गरेको एप्पलका उत्पादनहरु आधिकारिक हुन वा होइनन थाहा पाउनका लागि ग्राहकले यो वेबसाइट लिंकमा www.gnextcom.com/check-service-tag गएर एप्पल आइफोनको सिरियल नम्बर अथवा आईएमईआई नम्बर राखेर जाँच गर्न सक्नेछन् ।

‘सबै ग्राहकले एप्पलका सक्कली उत्पादनहरुका लागि मात्र रकम खर्च गर्नुहोस् र एप्पल स्ट्याण्डर्ड वारेन्टी प्राप्त गरेर खरिद गर्दा सर्तकता अपनाउनु होस् साथै सुनिश्चित हुनुहोस् भन्ने हाम्रो आग्रह रहेको छ । थुप्रै फोनहरु अनधिकृत रुपमा देश भित्र आयात हुने गरेका छन् र ती उच्च मूल्यका हुन्छन्, तर त्यस्ता फोनहरुको कुनै वारेन्टी हुँदैन र फोन भित्रका विभिन्न पार्टहरु पनि न्यून गुणस्तरका सामाग्रीहरु राखेर फेरिएका हुन्छन्,’ कम्पनीले भनेको छ ।

जेनरेशन नेक्स्ट कम्यूनिकेसनले नेपालमा वर्षाैंदेखि बजारमा एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको छ । यो नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु (म्याकबुक्स, आइप्याड, आइम्याक ) को एकमात्र बितरक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment