Comments Add Comment

साढे ३ अर्बमा बिक्यो दुनियाकै ठूलो हिरा

 

विश्वमा अहिलेसम्म जानकारीमा आएमध्येको सबैभन्दा ठूलो हिरा साढे ३ अर्ब रुपैयाँ भन्दा धेरै मूल्यमा बिक्री भएको छ ।

स्वीट्जरल्याण्डको जेनेभामा भएको लिलामीमा उक्त हिरा ३ करोड ४० लाख अमेरिकी डलरमा बिक्री भएको हो ।

हिरा लिलाम गर्ने संस्था क्रिस्टीका अनुसार यो हिराले विश्वमा सबैभन्दा महंगोमा बिक्री भएको रत्नको रुपमा विश्व किर्तिमान कायम गरेको छ ।

यो हिरा १६३.४१ क्यारेटको छ । यो डी रंगको हिरा हो । डी रंग हिराको सबैभन्दा उन्नत रंग मानिन्छ । यो हिराको मूल रंग हो । अर्थात् यो पारदर्शी हिरा हो ।

हिरामा डी पछि इ, एफ, जी आदि रङ पनि हुन्छन् । जसमा हिराको रङ विस्तारै हल्का पहेँलो बन्दछ । यो हिरा द आर्ट अफ गि्रसोगोनो नामको एक हिराको हारमा जडित छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment