Comments Add Comment

एउटा खरबुजाका कारण ८० करोड चट् !

एक पटक हिसाव गर्नुस् त, एउटा खरबुजाका लागि कति मूल्य चुकाउनु पर्ला ? उता अमेरिकामा चाहीँ एउटा पसलेले एउटा खरबुजाका लागि ८० करोड रुपैयाँ मूल्य चुकाएका छन् ।

अमेरिकाको अलाबामास्थित शपिङ स्टोर वालमार्टका लागि एउटा खरबुजाको मूल्य ८० करोड परेको हो ।

घटनाको सुरुवात २ वर्षअघि भएको थियो । सन् २०१५ मा भएको उक्त घटनाका विषयमा अमेरिकी प्रान्त अलबामाको एक अदालतले हालै फैसला सुनाएको छ ।

अदालतको फैसला अनुसार अब वालमार्टले खरबुजाका कारण घाइते भएका ग्राहक हेनरी वाकरलाई ७५ लाख डलर अर्थात् झण्डै ८५ करोड रुपैयाँ तिर्नुपर्नेछ ।

वास्तवमा भएको चाहीँ यस्तो थियो, सेवानिवृत्त सैनिक समेत रहेका वाकर किनमेल गर्न वालमार्टमा पुगेका थिए । वालमार्टमा उनले खरबुजा पनि किन्ने सोच बनाए र त्यहाँ रहेको एउटा खरबुजा हातमा लिएर एक कदम अघि बढ्ने के कोसिस गरेका थिए सामान राखिएको दराजबाट बाहिर निस्किएको काठको चुच्चोमा उनको खुट्टा अडि्कयो र उनी भुइँमा बजारिए ।

सामान भरिएको र्‍याक पनि उनीमाथि बजि्रयो जसका कारण उनको हिपको हड्डी भाँचियो । लामो उपचारपछि उनी निको त भए तर आफुलाई सख्त घाइते बनाउने सुपर मार्केटप्रति उनको रिस मरेको थिएन ।

उनले मोटो रकम क्षतिपूर्तिको मागसहित सुपरमार्केटविरुद्ध मुद्दा हाले । उनको त्यो मुद्दामा अदालतले हालै फैसला गर्दै वाकरलाई ७५ लाख डलर जरिवाना तिर्न सुपरमार्केटका नाममा आदेश दिएको छ ।

वालमार्टले भने सानो गल्तीमा निकै ठूलो सजायँ पाएको भन्दै फैसलाविरुद्ध अपील गर्ने जनाएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment