Comments Add Comment

ठेट नेपाली पहिरनमा बलिउडका ब्याड ब्वाई

पाटनमा सुटिङ गर्दै गुलसन ग्रोबर

काठमाडौं । गाढा नीलो दौरा सुरुवाल, कालो पार्टी सुज, ढाकाको कोट र टोपी । कालो चस्मा । बलिउडका ब्याड म्यान अर्थात् गुलसन ग्रोबर यस्तै हुलियामा देखिएका छन् ।

बलिउडमा अक्सर खराब चरित्र निर्वाह गरेर ‘ब्याड म्यान’को उपमा पाएका गुलसन नेपालमा आएर छायांकनमा व्यस्त रहेको अभिनेत्री मनिषा कोइरालाले खुलाएकी हुन्, इन्स्टाग्राममार्फत् ।

मनिषाले तस्बिसहित पोस्ट गरेकी छन्, ‘वेलकम टु नेपाल माई फ्रेन्ड एन्ड ह्याप्पी सुटिङ ।’

ह्यासट्याग फिल्मसुट, ह्यासट्याक केटीएम । भनिहालौं, बलिउडमा मनिषाको सबैभन्दा विश्वासपात्र र नजिकको मित्र भनेकै गुलसन हुन् ।

पाटन दरबार स्क्वायरमा छायांकनमा व्यस्त गुलसनले जवाफमा भनेका छन्, ‘थ्याङक यु सो मच डियर मनिषा ।’

आफूले सुन्दर मुलुक नेपाल, यहाँको संस्कृति र दयालु नेपालीहरुबारे बुझ्ने मौका पाएको बताउँदै मनिषाप्रति कृतज्ञ रहेको बताएका छन् ।

उनीहरुले क्रिमिनल, लज्जालगायत थुप्रै सिनेमामा स्क्रिन सेयर गरेका छन् ।

विनासकारी भूकम्पमा गुलसनको साथ

नेपालमा गएको विनासकारी भूकम्पका बेला पीडितलाई राहतका लागि मनिषाले भारत नागपुरमा सहयोगको अपिल गरेकी थिइन् ।

भूकम्पले भत्किएको घर निर्माणका लागि उनले आर्थिक सहायता जुटाउने अभियान चलाएकी थिइन्, जसमा गुलसनले साथ दिएका थिए । त्यसबेला भूकम्प पीडितका लागि सहयोग जुटाइदिन उनले सबैमा अनुरोध गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment