Comments Add Comment

सुन्दरहरैंचा नगरपालिकाको बजेट ७३ करोड

नगरपालिकाको सबै वडालाई फ्रि–वाइफाइ जोन बनाइने

३० कात्तिक, बिराटनगर । सुन्दरहरैंचा नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ को लागि ७३ करोड ६९ लाख ९२ हजार बराबरको बजेट बिनियोजना गरेको छ ।

कुल बिनियोजित बजेट अन्तर्गत चालु खर्चतर्फ ९ करोड ६८ लाख ३४ हजार र पुँजीगत खर्चतर्फ ३१ करोड २७ लाख ९४ हजार खर्च हुने अनुमान गरिएको छ ।

नगर परिषदको बिहीबार बसेको बैठकले नगरको आन्तिरिक आयतर्फ ९ करोड ४४ लाख ४४ हजार रुपैयाँ अनुमान गरेको छ ।

नगर परिषद्ले बजेट, नीति तथा कार्यक्रम अन्तर्गत आर्थिक विकासतर्फ १ करोड ८५ लाख रुपैयाँ, सामाजिक विकासमा २ करोड १८ लाख रुपैयाँ, पूर्वधार विकासतर्फ ४ करोड ४५ लाख रुपैयाँ र वातावरण तथा विपत व्यवस्थापनमा १ करोड ३० लाख रुपैया विनियोजन गरेको छ ।

त्यसैगरी, मर्मतसंभारतर्फ विषेश कोषमा ८० लाख रुपैयाँ, प्रकोप व्यवस्थापन कोषका लागि २ करोड ४० लाख रुपैयाँ र कर्मचारी कल्याणकारी कोषका लागि १० लाख रुपैया छुट्टयाइएको छ ।

नगरपालिकाका उपमेयर धना तामाङले वार्षिक नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेकी हुन् । परिषदको उद्घाटन गर्दै नगरपालिकाका मेयर शिवप्रसाद ढकालले बजेटमा समेटिएका महत्वपूर्ण योजनाले समग्र नगरको विकासमा महत्वपूर्ण सहयोग पुग्ने बताए ।

नगरपालिकाले सार्वजनिक गरेको नीति कार्यक्रम तथा बजेट कार्यक्रममा १५ वटै वडालाई फ्रि वाइफाई जोन निर्माण गर्ने, शवदाह स्थलसम्म पुर्याउन शववाहनको व्यवस्था, ८० वर्ष नाघेका जेष्ठ नागरिकलाई घरघरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने, युवाको लागि स्वराजगरमुलक कार्यक्रम सञ्चालन गर्ने, नगरका विभिन्न स्थानमा जेष्ठ नागरिकलाई बस्नका लागि चौताराको निर्माण गर्ने लगायतका कार्यक्रम समावेश गरिएको छ ।

सुन्दरहरैंचा नगरपालिका मोरङ जिल्लाकै सबैभन्दा बढी जनसंख्या भएको नगरपालिका हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment