Comments Add Comment

डडेल्धुरामा मेयर कप खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु

३० कात्तिक, डडेल्धुरा । डडेल्धुरामा मेयर कप खुल्ला पुरुष भलिबल प्रतियोगिता बिहीबारबाट सुरु भएको छ ।

जिल्ला खेलकुद विकास समिति डडेल्धुराको आयोजना तथा अमरगढी नगरपाििलकाको मुख्य प्रयोजनमा भएको प्रतियोगितामा १० टिमको सहभागिता छ ।

जनप्रतिनिधिलाई खेलप्रति सकरात्मक सोच जगाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरीएकोे जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेन्ऽबहादुर मगरले जानकारी दिए ।

प्रतियोगितमा कैलाली, कञ्चनपुर, डोटी, बझाङका टिमको सहभागिता छ । बिहीबार भएको उदघाटन खेलमा महेन्द्र माविले नवदुर्गा गाउँपालीकालाई पराजीत गरेको छ ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमशः १ लाख, ५० हजार र २५ हजार पुरस्कार पाउनेछ ।

यस्तै उत्कृष्ट खेलाडीलाई १५ हजार र विधागत रुपमा १० हजारका दरले पुरस्कार प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment