Comments Add Comment

काठमाडौंको शंकरापुरमा व्यवसायिक प्याराग्लाइडिङ सुरु

३० कात्तिक, काठमाडौं । प्याराग्लाइडिङको उचित गन्तव्यको रुपमा पोखरालाई मानिदै आएको भए पनि काठमाडौंमै पनि व्यवसायिक प्याराग्लाइडिङ सेवा सञ्चालनमा आएको छ ।

तीन वर्षदेखि व्यवसायिक सञ्चालनमा आए पनि खासै चर्चा नपाएको शंकरापुर प्याराग्लाइडिङले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शंकरापुर नगरपालिकाको जरसिंहपौवाबाट सुरक्षित प्याराग्लाइडिङ गर्न सकिने जानकारी दिएको छ ।

शंकरापुरले २०७० देखि सोलो र २०७१ देखि टेण्डम फ्लाइट सुरु गरेको भए पनि प्रचार प्रसारको अभावमा काठमाडौंमै उपलब्ध रहेको सुरक्षित प्याराग्लाइडिङ ओझेलमा परेको थियो ।

शंकरापुर प्याराग्लाइडिङका प्रवन्ध निर्देशक कुशल थापाले जरसिंहपौवाबाट सुरक्षित प्याराग्लाइडिङ गर्न सकिने र यसका लागि आवश्यक पूर्वाधार पनि तयार भइसकेको पत्रकार सम्मेलनमा जानकारी दिए ।

समुद्री सतहबाट १९०५ मिटर उचाइमा रहेको जरसिंह पौवाबाट सुरु गरी ३० मिनेटको उडानपछि शंकरापुर नगरपालिका पटापमा ल्याण्डिङ हुनेछ ।

प्याराग्लाइडिङ शुल्क नेपालीका लागि ५ हजार ५ सय तथा बिदेशीका लागि १०० डलर निर्धारण गरिएको छ ।

पत्रकार सम्मेलनमा शंकरापुर प्याराग्लाइडिङका प्रबन्ध निर्देशन थापाले भविश्यमा नयाँ पाइलट उत्पादन गरी व्यवसायिक प्याराग्लाइडिङलाई उचाईमा पुर्‍याउने लक्ष्य लिइएको जानकारी दिए ।

नेपालमा पोखरा, स्याङजा, धरान, ललितपुरको लेले लगायतका स्थानबाट व्यवसायिक प्याराग्लाइडिङ उडान हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment