Comments Add Comment

बाग्लुङ पुगेर प्रचण्डले भने- इतिहास रच्ने मौका आयो

३० कात्तिक, बाग्लुङ । वाम गठबन्धनका घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीय, प्रदेश र केन्द्रमा वामपन्थीको वलियो सरकार वनाएर देशको मुहार फेर्ने उद्घोष गरेका छन् ।

दाहालले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र वहादुरको प्रशंसा गर्दै शक्तिशाली कम्यूनिष्ट केन्द्र वनाउने अभियानमा समाहित हुन आहृवान गरे ।

बाग्लुङको गलकोट हटियामा संयुक्त वाम गठवन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेता प्रचण्डले इतिहास रज्ने मौका आफूहरुलाई भएको भन्दै दाहालले चुनाव मात्रै जितेर नपुग्ने भएकोले अत्याधिक वहुमत दिन मतदातालाई आग्रह गरेका छन् ।

९ महिने सरकारले वाक्क भएको भन्दै स्थिर सरकार र सम्वृद्धि खोज्ने यो नौलो अवसर भएकाले ऐतिहासिक अवसर नगुमाई देशलाई समाजवादी युगमा लैजाने प्रतिवद्धतासमेत गरेका छन् ।

राष्ट्रियता, स्वाधीनता र सम्वृद्धिलाई एकसाथ अगाडि वढाई संसारलाई समाजवादको नयाँ मोडल दिने दाबी प्रचण्डको छ ।

बुढी गण्डकी जलासययुक्त आयोजनाको ठेक्का सम्झौता खारेज गरेर शेर वहादुर देउवाले आफ्नो छवि उदाङ्गो पारेको आरोप दाहालको छ । यसले कांग्रेस विकास विरोधी हो भन्ने पुष्टी गरेको समेत उनले बताए ।

सभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचन पछि वहुमतसहितको सरकार वनाएर देशलाई सम्वृद्ध वनाउने बताए ।

ओलीले देशमा पाँच वर्षभित्रै अविकास र पछौटेपनको अन्त्यहुने ठोकुवा गरे । माओवादी केन्द्र र एमाले चुनाव पछि एउटै पार्टी वन्ने भन्दै ओलीले साना वाम पन्थी दलहरुपनि एकिकृत हुनुपर्ने आवश्यकता औल्याए ।

चित्र वहादुर केसीतर्फ लक्षित गर्दै ओलीले भने, ‘डाइनामिक पार्टी राष्ट्रिय जनमोर्चालाई मैले नै सरकारमा लगेको हुँ र वाम एकताका लागि रातो कार्पेट ओछ्याएर कुरिरहेको छु ।’

यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्र वहादुर केसीले समाजवादी समाज स्थापनाको लागि आफू वाम गठवन्धनसँगै रहेको प्रस्ट पारे । उनले भने, ‘कांग्रेसवाट समाज परिवर्तन सम्भव छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment