Comments Add Comment

बूढीगण्डकी आयोजना रद्द भएको छैनः नेता खाँण


१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले बूढीगण्डकी आयोजना यथावत् रहेको बताएका छन् ।

‘बूढीगण्डकी आयोजनाको ठेक्का मात्र रद्द गरिएको छ, आयोजना भने यथावत् छ,’ सानेपामा आयोजित पार्टी भेटघाट कार्यक्रममा खाँणले भने ।

संयोजक खाँणले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा दिइसकेपछि हतारमा गरिएको सो निर्णयका बारेमा व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समिति र अर्थ समितिको संयुक्त बैठकले समझदारी खारेज गर्ने निर्देशन दिएकाले वर्तमान सरकारले त्यसको पालना गरेको स्पष्ट पारे ।

उनले संसदीय समितिको निर्देशनपछि सरकारले आवश्यक अध्ययन, छलफल र कागजातको छानबिनसमेत गरेर सो निर्णय लिएको बताए ।

‘अर्बौंको परियोजना प्रक्रिया मिचेर दिइएको रहेछ’, नेता खाँणले भने, ‘प्रतिस्पर्धा गर्दा लागत कम हुनसक्ने अवस्था पनि आउछ, सरकारले निर्णय गर्ने वित्तिकै विपक्षी गठबन्धनका नेताहरुले हतारहतार पत्रकार सम्मेलन गर्नुले पनि यसमा अवाञ्छनीय खेल भएको हाम्रो आशंकालाई पुष्टि गरेको छ ।’

उजले कांग्रेस समृद्धिको अभियानमा लागेको र जल स्रोतलगायत अन्य पूर्वाधार विकास गर्दा जग्गा अधिकरण र मुआब्जा वितरणमा पीडितको मागलाई ध्यान दिन आग्रह गरेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment