Comments Add Comment

अन्टार्कटिकामा बिहे गरेर विश्व कीर्तिमान


यो संसारमा कीर्तिमान राख्न केही न केही नयाँ त गर्नैपर्छ । कतिले सगरमाथाको टुप्पोमा बिहे गरे त, कतिले समुद्रमुनि । एक जोडीले चाहिँ अन्टार्कटिकामा बिहे गरेर रेकर्ड दर्ज गराएको छ ।

अन्टार्कटिकास्थित बेलायत अधिनस्थ ब्रिटिस आर्कटिक टेरिटोरीमा एक जोडीले बिहे गरेको हो । ध्रबीय क्षेत्रमा गाइडको काम गर्ने टम सिल्भेस्टर र जूली बमले अन्टार्कटिकाको पश्चिमी भागमा रहेको एडिलेड टापुस्थित रोदेरा रिचर्स स्टेशनमा बिहे गरेर अन्टार्कटिकामा बिहे गर्ने पहिलो जोडी बने ।

बेहुली जूली बमको बिहेको पहिरन पुरानो पालबाट बनाइएको थियो । बिहेको समयमा बिहेस्थलको तापमान शून्य डिग्रीभन्दा पनि तल थियो ।

बेहुला सिल्भेस्टरका अनुसार बिहेका लागि अन्टार्कटिकाभन्दा सुन्दर ठाउँ दुनियाँमा अन्त कही पनि छैन ।

पछिल्लो ११ वर्षदेखि सँगै काम गरिरहेका टम र सिल्भेस्टर दुनियाँका धेरै देश घुमिसकेका छन् । दुवैजना अनुभवी पर्वतारोही हुन् र ब्रिटिस अन्टार्कटिक सर्भेमा काम गर्नका लागि छनोट भएका थिए । ३ वर्ष पहिले उनीहरुको इन्गेजमेन्ट भएको थियो । सिल्भेस्टर बेलायतको शेफिल्डका हुन् भने जूली बर्मिंघमकी ।

बिहेका लागि सिल्भेस्टरले रिसर्च स्टेशनमै मेसिनबाट स्वयंबरको औंठी तयार गरेका थिए ।

बिहे समारोह स्टेशन प्रमुख तथा बिएटीका म्याजिस्ट्राट पल सामवेजको अध्यक्षतामा भएको हो । बिहेमा स्टेशनमा कार्यरत २० जना पाहुना सहभागी भए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment