Comments Add Comment

मध्यम वर्गमाझ यसरी लोकप्रिय बन्दैछ निसानको ‘डाटसन’

'डाटसनको उत्पादन सस्तोमात्र होइन, बलियो र गणस्तरीय पनि'


१ मंसिर, काठमाडौं । डाटसन पछिल्लो समयमा निकै चर्चामा आएको अटोमोबाइल ब्राण्ड हो । भारतमा नयाँ भएर पनि अधिक बिक्रीमार्फत प्रभाव छाडिरहेको डाटसन नेपालमा पनि प्रतिस्पर्धी ब्राण्डमा रुपमा छ ।

डाटसन जापानिज निसान मोटर कम्पनीबाट सञ्चालित छ । डाटसन निसानकै सब्सीडरी कम्पनी हो ।

डाटसनको उत्पादन सन् १९११देखि सुरु भएको हो । सन् १९५८देखि १९८६सम्म निसानले निर्यात गरेका सवारीसाधनहरु डाट्सनको नामबाट चिनिन्थे ।

डाटनसले अमेरिकामा भने सन् १९५८देखि आफ्ना उत्पादनहरु बिक्री सुरु गरेको हो ।

सन् १९८६ मा निसानले डाटसन नामलाई ‘फेज आउट’ गर्‍यो । तर, सन् २०१३ मा कम मूल्यमा सस्ता सवारी साधनलाई डाटसनकै नामबाट निकाल्न थाल्यो । यसको घोषणा सन् २०१२ मै भएको थियो ।

निसानले डाटसनको नाममा ब्राण्ड स्थापित गरेपछि रोडस्टर्स, फेयरलेडि ५१० लगायतका गाडी निकै चर्चित बनेका थिए ।

फेयरलेडि ५१०

सन् २०१२ को मार्चमा निसानले इन्डोनेसिया, साउथ अफ्रिका, भारत र रसियामा प्रयोग आउने खालाका सवारी साधन उत्पादन गर्ने घोषणा गरेको थियो । अहिले यि क्षेत्रमा डाटसनले लोकप्रियताको नयाँ उचाइ हासिल गरिरहेको छ ।

सफल रि-इन्ट्री

नेेपालमा गाडीको प्रवेश भएको सुरुवाती समयमै पनि डाटसनको नेपालमा पनि आफ्नै पहिचान थियो । नेपालीमाझ यो गाडी लोकप्रिय पनि थियो । तर, डाटसनलाई निसानले प्रतिस्थापित गरेपछि यो नेपालमा पनि गुमनाम बनेको थियो ।

तर, फेरि निसानले तुलनात्मक रुपमा सस्तो रेञ्जका गाडीका लागि डाटसनलाई फेरि रि-ब्राण्डिङको घोषणा गर्‍यो । लगत्तै नेपालजस्ता विकाससील देशमा डाटसन पुनः फर्कियो ।

डाट्सनले सन् ०१४ को सेप्टेम्बरमा ‘गो’ मार्फत नै नेपाली बजारमा सानदार रि-इन्ट्री गर्‍यो । त्यसपछि डामटसनले आफ्ना उत्पादन नेपाली उपभोक्तामाझ ल्याउन थाल्यो ।


जसले एकाएक लोकप्रियता हासिल गर्‍यो । आफ्नो पुरानो साखःलाई डाटसनले कायम गर्दै नेपाली उपभोक्तामाझ छाप छोड्दै गरेको वितरक पायोनियर मोटोकपले जनाएको छ ।

‘गो’पछि ल्याइएको ‘गो प्लस’ र ‘रेडि-गो’ ले डाटसनलाई उचाईमा लैजाँदैछ र पछिल्लो पटक आएको हजार सीसीको ‘रेडी गो-१.०’ को पनि यसमा योगदान कायमै छ ।

बजारमा फेरि फर्किंदै गर्दा कम्पनीका आफ्नै विशेषताहरुबाट नै नेपाली ग्राहकलाई फेरि प्रभावित गर्न सकिन्छ भन्ने कम्पनीको विश्वास अहिले यथार्थमा बदलिएको पायोनिर मोटो कपका सिनियर म्यानेजर ज्ञानेन्द्र चन्द बताउँछन् ।

मध्यम वर्गको कार

मोटरसाइकलमै जिन्दगी गुजार्ने वर्गमा लागि डाटसन नेपालमा निर्विकल्प र जबरजस्त गाडीमा रुपमा आयो । मध्यमवर्गको अफोर्ड गर्न सक्ने डाटसनका गाडी गुणस्तरका हिसावले पनि अब्बल देखिए ।

त्यसैले नेपाल प्रवेशको यति छोटो समयमा नै डाटसन ब्राण्डलाई पुनः नेपालमा स्थापित हुने अवसर मिल्यो ।

इन्ट्री लेभलको कारमा डाटसेनले जुन किसिमको मूल्य निर्धरण गरेर बजारमा ल्यायो, त्यसले कार चढ्न चाहने तर, पैसाकै कारण अल्झिरहेका मध्यम आयस्तर भएकालाई भरपर्दो विकल्प दियो ।

शक्तिशाली गाडीहरु अफोर्डेबल मूल्यमा पाउनु नेपालीका लागि सरप्राइज नै थियो । ‘सस्तोमा राम्रो गाडी’ दिने ब्राण्डका रुपमा डाटसनले अझै पनि कायमै छ ।

गाडी चढ्न ठूलै रकम खर्चिनुपर्ने बाध्यता र चिन्तामा रहेकाका लागि उत्कृष्ट विकल्प बनेको छ, डाट्सन ।

‘हामी नेपाली कार ग्राहकको भरपर्दो विकल्प बनेका छौं । नेपाली बजारमा प्रवेशको तीन वर्ष नपुग्दै डाट्सनलाई ग्राहककको न्यानो माया प्राप्त भएको छ,’ म्यानेजर चन्दले भने, ‘डाटसन कम्पनीलाई नेपालमा पुनरागमन गर्न हाम्रो स्तरीय उत्पादन पनि सहयोगी बन्यो । सस्तो मात्रै हैन, गुणस्तरीय उत्पादनका कारण नेपाली ग्राहकलाई डाटसनले राम्रोसँग तान्न सक्यो ।’


उनले पुरानो जेनेरेशनलाई डाट्सन ब्राण्डबारे राम्रो जानकारी भएपनि नयाँ पुस्तालाई पनि टोटै समयमा डाटसन विश्वासिलो गाडी हो भनेर चिनाउन सकिएकोमा सन्तुष्टी जनाए ।

अन्य कम्पनीका कार चढेकाहरुले पनि डाटसनलाई रोजिरहेकाले यसले आफूहरुलाई उत्साहित गराएको कम्पनी बताउँछ ।

पहिलोपटक कार किन्ने र अन्य कम्पनीका इन्ट्री लेभलका कारबाट अपग्रेड हुनेले पनि डाटसनका गाडीलाई विकल्प बनाएका छन् ।

‘हाम्रा ग्राहकहरु सन्तुष्ट हुनुहुन्छ । हामी पनि त्यसै सन्तुष्ट छौं,’ म्यानेजर चन्दले भने,’ नेपाली ग्राहकले डाटसनलाई जसरी विश्वास गर्नुभएको छ, त्यसलाई कायमै राख्न हामी पनि जोडबलका साथ लागेका छौं ।’

कम्पनी यसको ‘कस्ट अफ वनरसीप’ पनि उत्कृष्ट रहेको दावी कम्पनीको छ ।

स्तरीय र ‘अर्फोडेबल’ ब्राण्ड

मूल्यको हिसाबले नेपाली ग्राहकको मन जित्न सफल ब्राण्ड हो, डाटसन । यसको ८ सय सीसी क्षमताको पेट्रोल इञ्जिन जडित अर्वन क्रस कार ‘रेडी गो’को न्युनतम् मूल्य १५ लाख २५ हजार रुपैयाँ छ । विभिन्न सुविधासहित कार किन्दा ग्राहकलाई झण्डै २ लाखको ‘बेनिफिट’ प्राप्त हुन्छ ।

१ हजार सिसीको इञ्जिनवाला रेडी गो पनि अहिले निकै चर्चामा छ । रेडी गो १.०को न्युनतम मूल्य १९ लाख ७५ हजार रुपैयाँ छ ।

‘रेडी गो’ फेमिली ह्याचब्याक कार हो । ‘रेडी गो’ नेपाली बजारमा हुन्डाई इओन र मारुती अल्टोसँग प्रतिस्पर्धा गरिरहेको छ । प्रतिलिटर २५.१७ किलोमिटर माइलेज दिने भएकाले पनि रेडी गो ग्राहकमाझ लोकपि्रय बन्ने क्रममा रहेको छ ।

यसमा फाइभ स्पिड म्यानुअल ट्रान्समिसन रहेको छ । यो गाडी १५.९ सेकेण्डमै १०० किलोमिटर प्रतिघण्टाको गतिमा दौडिन सक्छ । जसले गर्दा काठमाडौ लगायत सवारी जाम हुने शहरमा यसको महत्व बढेको कम्पनीको दावी छ ।

रेडी गो कारको सबैभन्दा आकर्षक पक्ष हो, ग्राउन्ड क्लियरेन्स । यसमा १८५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स छ । ह्याचब्याक कार भएर पनि यसमा एसयुभी कारको जत्तिकै ग्राउन्ड क्लियरेन्स छ ।

यो गाडीमा तीन वर्ष फ्रि सर्भिस र वारेन्टीको सुविधा दिइएको छ । नेपालमा गाडीको मूल्य छिमेकी मुलुकहरुको तुलनामा उच्च छ । धेरैले बजेट कम छ भन्दै इन्ट्री लेभलका गाडी किन्ने आँट गर्न सकेका छैनन् ।

इन्ट्री लेभलका गाडीमा गाडी चढेकाहरु पनि अपग्रेड हुनैका लागि सेकेण्ड ह्याण्ड गाडी पनि किन्न लाग्छन् । तर, यी अवस्थाहरुलाई डाटसनले हटाएको छ ।

इन्ट्री लेभलका कार १५ लाख र फेमिली ह्याचब्याक कार २२ लाखकै हाराहारीमा उपलब्ध गराएर डाट्सनले नेपाली ग्राहकलाई सरप्राइज मात्रै दिएन, प्रभावित पनि गर्न सफल भएको छ ।

राम्रो कार चढ्नका लागि ठूलै बजेट चाहिन्छ भन्ने भ्रमलाई चिर्ने कार बनेको छ, डाटसन । यो नेपाली कार बजारमा सबैभन्दा सस्तो, नयाँ र उत्तिकै आकर्षक अटोमोबाइल ब्राण्डका रुपमा यो स्थापित हँदैछ ।

४ वटा कारहरु नेपाली बजारमा ल्याएको डाटसन लगातार चर्चा र आकर्षणको केन्द्रमा छ । कम आम्दानी भएका मध्यम वर्गीय परिवारका लागि डाटसनका कारहरु साँच्चिकै वरदान सावित भएका छन् ।


‘कारमा हुनुपर्ने सबै विशेषता भएको भएका प्रोडक्ट अफोर्डेबल मूल्यमा पाउन सक्नुले नै ग्राहक डाटसमा आकषिर्त भएका हुन्’ म्यानेजर चन्दले भन्छन्, ‘हामीले जुन अपेक्षा र लक्ष्य लिएर नेपाल आएका थियौं । त्यो सफल भएको छ ।’

नेपालमा डाटसनको रोड परर्फमेन्स र क्षमताको पुरा परीक्षण भइसकेको छ । ३ वर्ष बीचमा मार्केटमा डाटसको भिजिबिलिटी रेन्ज बलियो देखिएकाले पनि ग्राहकले रुचाएको कार भन्न सकिने अवस्था छ । साथै डाटसनका कारमा रहेका विभिन्न फिचर्सहरुले धेरैलाई तानेको छ ।

३ वर्षसम्म यो डाटसनका रिसेल मार्केटमा भेटिएको छैन । बजारमा भिजिबिलिटी राम्रो रहेकाले रि-सेल मार्केटमा पनि डाटसनका गाडीले राम्रो मूल्य पाउनेमा कम्पनी विश्वस्त छ ।

‘मार्केटमा भिजिबल भएपछि पार्ट्स सस्तो पाइन्छ भने गाडीका रि-सेल भ्यालु राम्रो पाइन्छ । यो दुबै कुरामा डाटसन बलियो छ’ चन्दले भने,’हामीसँग बलिया पक्षहरु धेरै छन् । त्यसैले यसलाई मन पराइयो ।’

स्टाइलिस डिजाइन र उत्कृष्ट विशेषताको डाटसनका गाडीहरु मध्यम आयस्रोत भएका ग्राहकहरुको मुख्य रोजाइमा पर्ने गरेको छ । विशेषगरी यूवा वर्गले नै डाटसनलाई रुचाएको म्यानेजर चन्द बताउँछन् ।


‘इन्ट्री लेभलको गाडीहरुमा हामी बजारको सबैभन्दा सर्बोत्कृष्ट विकल्प हौं । त्यसबाट अपग्रेड हुनेहरुका लागि पनि डाटसनले सहज र उपयुक्त अप्सन दिएको छ,’ उनले भने,’डाटसनको परर्फमेन्सको चर्चा शहरमा छ । हामी त्यसलाई कायम राख्न मिहिनेत गरिरहेका छौं ।’

स्टाइलिस डिजाइनमा जोड

डाटसनले आफ्नो मातृ कम्पनी निशानका प्लेटर्फमहरुमा आधारित गाडी बनाउँछ । कम्प्याक्ट बडीसहितका गाडीहरु भित्रबाट उत्तिकै विशाल छन् । स्पेश आराम र सुविधाको मामलामा यो डाटसनका कारहरु अब्बल सावित भइसकेका छन् ।

डाट्सनको समग्र डिजाइन सबै वर्ग र उमेर समूहका लागि मनपर्ने खालको छ । फ्रन्ट र रेयर भ्युलाई बोल्ड देखाएर कारलाई स्टाइलिस ढंगले प्रस्तुत गर्न कम्पनी सफल छ ।


स्फूर्त फिनिसिङ बनोटका कारण पनि डाटसनलाई धेरैले मन पराएको कम्पनी बताउँछ । बुट स्पेशलाई पनि प्राथमिकता दिएर कारहरु डिजाइन गरिएको छ ।

कम्पनीले आफ्ना गाडीको क्याबिन कम्पनीले निकै व्यावहारिक र आकर्षक ढंगले बनाउँछ । यि गाडीहरुका डिजाइन निकै सफा र आरामदायी पनि देखिन्छन् ।

भित्री सजावटका लागि कम्पनीले क्याबिनमा निकै मिहिनेत गरेको झल्कन्छ । कारहरुमा इन्फोटेनमेन्टको लागि म्युजिक प्लेयर उपलब्ध गराइएको छ ।

शक्तिशाली इञ्जिनको प्रयोग

डाटसनले आफ्ना कारमा शक्तिशाली इञ्जिन प्रयोग गर्छ । उत्कृष्ट टर्क उत्सर्जन क्षमताका इन्जिन नेपालका सबैखालका बाटोमा यात्रुलाई साथ नछोड्ने कम्पनी बताउँछ ।

उत्कृष्ट माइलेजका कारण पनि डाटसन लोकप्रिय छ । अन्य कम्पनीकाकारको तुलनामा डाटसनका गाडीले दिने माइलेजले यसका उपभोक्ता सन्तुष्ट बनेका छन् ।

शक्तिशाली इञ्जिनका कारण शहर, राजमार्ग, तथा कच्ची सडकमामा यसको परफर्मेन्स उत्कृट भएको दावी कम्पनीको छ ।


चलाउन सुविधाजनक हुनुले पनि यसलाई मार्केट लिन सहज भएको छ । पर्याप्त स्पेस र ड्राइभरका लागि उत्कृष्ट भिजिबिलिटका कारण कारको ड्राइभिङ सजिलो बनेको छ ।

डाटसनका गाडीहरुको ग्राउण्ड क्लेयरेन्स पनि उत्कृष्ट छ । डाटसनले आफ्ना कारहरु विभिन्न विकल्पका कलरहरु सहित उपलब्ध गराइरहेको छ ।

सुरक्षित कार निर्माता

कम्पनीले आफ्ना यात्रुको सुरक्षाका लागि विभिन्न प्रविधि अपनाउने गरेको छ । डाटसनका गाडीमा एयरब्याग, फ्रन्ट र रियरमा सिट बेल्ट लगायतका फिचर्सले पनि छन् ।


हेडल्याम्प लेभलिङ डिभाइस, इञ्जिन मोबिलाइजर, सेन्ट्रल लकिङ लगायतका फिचर्स पनि डाटसनका कारमा छन् ।

सुरक्षाका विभिन्न फिचर्सहरुका कारण कुनैपनि अवस्थामा सुरक्षित यत्राका लागि सबैलाई आत्मविश्वास प्रदान गर्छ ।

सुरक्षाका लागि कम्पनीले विभिन्न प्रविधिको प्रयोग गरिरहेको छ । स्थापित ब्राण्डका गाडीको तुलनामा सुरक्षाका पाटो कमजोर नभएका कारण पनि यसले नेपाली उपभोक्तालाई विश्वश्त बनाउन सकेको दावी कम्पनीको छ ।

सस्तो र सजिलो सर्भिसिङ

नेपालमा पूर्वदेखि पश्चिमसम्म १३ वटा डिलरहरुमार्फत डाटसनले सेवा दिइरहेको छ । पायोनियर मटोकर्पले केही समयभित्रै अन्य डिलरहरु थप गर्ने योजना बनाएको छ ।


सँगै डिलरमा भएका सबै स्थानमा सेल्स, सर्भिस र स्पेयर्स पार्ट्स राखेर थ्रि एस सेन्टर सञ्चालन गर्ने योजना बनाइएको म्यानेजर चन्दले बताए ।

डाटको मर्मत खर्च अन्य ब्रान्डका सोही सेगमेन्टका गाडीको तुलनमा निकै न्युन रहेको दावी कम्पनीको छ । डाटसन गाडी चढेकाहरुले सहज रुप सस्तो मूल्यमा स्पेयर्स पाट्र्स पाउने भएकाले झन्झटमा पर्नुनपर्ने चन्द बताउँछन् ।

‘हाम्रो सर्भिसिङ लागत अन्य कम्पनीको भन्दा पनि सस्तो छ । हामी कम्प्यारिजन गरेर नै ग्राहकलाई यसबारे बुझाउँछौं’ चन्दले भने । कम्पननीले गाडी खरिद गर्दा विभिन्न आकर्षक सुविधा पनि दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment