Comments Add Comment

भन्सालीको टाउकोको मुल्य ५ करोड, हलमा आगो लगाइदिने धम्की


डिसेम्बर १ बाट रिलिज हुन लागेको चलचित्र ‘पद्यमावती’को विवाद जारी छ । चलचित्र रिलिज हुनु अगाडि नै राजपुत समाजका केहि ब्यक्तिले थिएटरमा आगो लगाउनुको साथै तोडफोडको धम्कि दिएका छन् ।

पछिल्लो पटक उत्तरप्रदेशका मरेठएक राजपुत नेताले सञ्जयलीला भन्सालीको टाउको काटेर ल्याउनेलाई ५ करोड पुरस्कार दिने घोषणा गरेको छ । उक्त चलचित्रमा रणवीर सिंहले खिलजी, दीपिका पादुकोणले रानी ‘पद्यमावती’ र शाहिद कपुरले ‘राजा रावल रतन सिंह’को भुमिकामा काम गरेका छन् । राजपुतहरुले निर्देशक भन्सालीले अलाउद्दिन खिलजीको मानमर्दन गरेको अरोप लगाएका छन् ।

चलचित्रमा राखिएको घुमर डान्सप्रति पनि उनीहरुले आपत्ती जनाएका छन् भने राजा र रानीविचको इन्टिमेट सिनको विषयमा समेत राजपुत समाजले आपत्ति जनाएको छ । राजपुत समाजको प्रतिष्ठामा आँच पुर्‍याएको आरोप केही ब्यक्तिले लगाएका छन् ।

करणी सेनाका प्रमुख लोकेन्द्र सिंहले राजपुत रानीलाई पनि गलत तरिकाले पेश गरिएको आरोप लगाए । उनले चलचित्र रिलिज भए हलमै आगो लगाउने धम्कि दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment