Comments Add Comment

विन्दास पूजा


चलचित्र ‘प्रेमगीत र म यस्तो गीत गाउँछु’ हिट भएपछि नायिका पूजा शर्माको चलचित्र क्षेत्रमा पनि उचाई बढ्यो । पूजा सफल नायिका मात्र नभएर निर्मात्री पनि बनिन् ।

उनै, पूजा केही दिन अगाडि मात्र चलचित्र ‘म यस्तो गीत गाउँछु’को प्रदर्शनका लागि दक्षिण कोरिया पुगिन् । कोरियाबाट फर्किएलगतै उनी ट्रेकिङमा निस्किइन् ।
केही समयसम्म मिडियाबाट टाढा रहेकी उनी बिहिबार बेलुकी आयोजना भएको एक कार्यक्रममा भने मिडियाकर्मीबाट घेरिइन् ।

काठमाण्डौमा जाडो बढ्दै गएको उनको पहिरनले पनि झल्को दिन्थ्यो । घुमघाममा व्यस्त रहँदा उनी केही मोटाएकी छिन् । तर, अब फेरि व्यायम सुरु गर्ने उनको भनाई थियो ।

चलचित्र क्षेत्रमा विन्दास नायिकाको रुपमा चिनिएकी पूजा नयाँ चलचित्रमा अभिनय र निर्माणको तयारीमा पनि छिन् ।

तस्बिरः कमल प्रसाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment